१७ असार २०८३, बुधबार | July 1, 2026

‘धनुषा र महोत्तरीमा मल अभाव छैन’



जनकपुरधाम । धनुषा तथा महोत्तरीमा रासायनिक मल अभाव नरहेको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ । उक्त कार्यालयका प्रमुख बेचनकुमार साहका अनुसार मलको पर्याप्त मौज्दात रहेको तथा सहकारी संस्थामार्फतढुवानी तथा बिक्रीवितरण भइरहेको छ ।

दुवै जिल्लामा सम्बन्धित नगरपालिका तथा गाउँपालिकाले निर्धारण गरेको ‘कोटा’अन्तर्गत सहकारी संस्थामार्फत मल बिक्रीवितरण हुने प्रावधान छ । सोहीअनुसार मल वितरण गरेको उनले जानकारी दिए । हाल युरिया नौ सय मेट्रिक टन, डिएपी मल ८४ मेट्रिक टन तथा पोटास ५८ मेट्रिक टन मौज्दात छ ।

कृषि सामग्री कम्पनीबाट धनुषा र महोत्तरीका २७ पालिका अन्र्तगत दुईसय नौवटा सहकारी संस्थामार्फत मल बिक्री भइरहेको छ । भारतसँग सीमा जोडिएका पालिकाका किसानले भने भारतीय बजारबाट मल खरिद गर्ने गरेको किसानले जनाएका छन् ।

आर्थिक वर्ष २०८०/८१ मा रु ३५ करोड ४० लाख ८३ हजारको १२ हजार चार सय मेट्रिक टन मल बिक्री गरेको जनाएको छ । उक्त आवमा रु ११ करोड ५५ लाख ४१ हजारको ९२ दशमलव ५५ मेट्रिक टन युरिया, रु २३ करोड ७८ लाखको एक सय ५० मेट्रिक टन डिएपी तथा रु ७० लाख ८४ हजारको पाँच हजार ९६ मेट्रिक टन पोटास र रु छ लाख ७२ हजार मूल्य बराबरको ८४ मेट्रिक टन चुन बिक्री भएको छ ।

धनुषामा ४२ हजार हेक्टरमा धानखेती हुँदै आएको तथा हालसम्म ७० प्रतिशत रोपाइँ भएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहिबार  १० : ४१ बजे

देशभर मनसुन सक्रिय, आजदेखि धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय भएसँगै आज अधिकांश स्थानमा

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ