१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

नेपाल टेलिकमको आम्दानीमा ६ दशमलव २ प्रतिशतको संकुचन ! के हो कारण ?



काठमाडौं । गत आर्थिक वर्षमा नेपाल टेलिकमको नाफा ६ दशलव २ प्रतिशतले घटेको छ ।

गत आर्थिक वर्षको चौंथो त्रैमासिक सम्मको कुल सेवा वापतको आय ३६ अर्ब ८६ करोड ७५ लाख ८३ हजार २२१ रहेकोमा चालु आर्थिक वर्षको सोही अवधीसम्मको कूल सेवा वापतको आय ३४ अर्ब ५७ करोड ४७ लाख २१ हजार ५९५ रुपैयाँमा खुम्चिएको छ ।

नेपाल टेलिकमले चौंथो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गर्दै विभिन्न कारणले आफ्नो मुनाफा घटेको जनाएको छ । टेलिकमका सेवाहरु लिज्डलाइन, एफटीटीएच र जीएसएमबाहेक अन्यसेवाबाट प्राप्त हुने राजश्वमा कमी आएको टेलिकमले जनाएको छ ।

यस्तै, विश्वव्यापी कोरोनाभाइरसका कारण पनि सेवा प्रयोगमा उच्च गिरावट आएको टेलिकमले जनाएको छ । जसका कारण दुई अर्ब २९ करोड २८ लाख रुपैयाँ न्यून हुन गएको टेलिकमको विज्ञप्तिमा जनाइएको छ ।

यसैगरी, कम्पनीको रिचार्ज कार्ड विक्रिमा कमिशनको सट्टामा डिस्काउन्ट गणना गर्दा सेवा वापतको आय घटेको जनाएको छ ।

यस्तै, फोज जी सेवा विस्तारबाट २०७६/७७ को तेस्रो त्रैमासक अवधीमा राजश्व वृद्धिउन्मुख रहेपनि कोरोना महामारीका कारण अन्तराष्ट्रिय रोमिङ लगायत अन्य सेवामाआएको उच्च गिरावट, OTT को प्रयोग जस्ता कारणले पनि राजस्व घट्न पुगेको टेलिकमको विश्लेषण रहेको छ ।
यसैगरी, लकडाउनको समयमा ग्राहकलाई सुविधा दिन राखिएका टपअप बोनस, मोवाइल डाटामा दिइएको छुट आदिकाकारणले पनि राजस्व घटेको टेलिकमको निस्कर्ष रहेको छ ।

बाह्य स्रोतबाट प्राप्त जनशक्तिको न्यूनतम ज्यालादरमा भएको वृद्धि, फोरजी विस्तारसँगै घरभाडा, विजुलीमा भएको खर्चमा वृद्धि, कर्मचारीको तबल वृद्धि, कर्मचारीलाई उपलब्ध गराइएको ऋण आदिका कारण समेत व्ययभार बढि कम्पनीको मुनाफामा कमी आएको टेलिकमले जनाएको छ ।

यसबीचमा सरकारका विभिन्न निकायहरु एवं नेपाल दुरसंचार प्राधिकरणको अनुरोधमा कम्पनीले विभिन्न निःशुल्क सेवा दिएको र सरकारको राहत कोषमा सामाजिक उत्तरदायित्व अन्तर्गत १० करोड जम्मा गरेको पनि नेपाल टेलिकमले जनाएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  १ : ५० बजे

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर

कोशीमा संकल्प प्रस्ताव पारित भएको पत्र प्रदेश प्रमुखलाई पठाइयो

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसँग प्रदेशसभामा बहुमत नरहेको

समृद्धी सलोन एण्ड एकेडेमीद्धारा सम्मान तथा दिक्षित

बुटवल । बुटवलको अमरपथस्थित सिंह कम्पेलेक्समा रहेको समृद्धी सलोन एण्ड

युवती भगाएको विषयमा धनुषाको पौडेसर तनावग्रस्त

धनुषा ।  धनुषाको औरही गाउँपालिकाको पौडेसर तनावग्रस्त भएको छ ।

मनमोहन अधिकारी वाम-लोकतान्त्रिक आन्दोलनका अथक योद्धा : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन अधिकारी नेपालको वाम-लोकतान्त्रिक आन्दोलनका