१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

सिमलताल बस दुर्घटना : भारतीय उद्धार टोलीद्वारा त्रिशुलीमा खोजी जारी



चितवन । नारायणगढ–मुग्लिङ सडकखण्ड अन्तर्गत सिमलतालमा पहिरोले बगाएर त्रिशूलीमा खसेको बस तथा यात्रुको अवस्था पत्ता लगाउन भारतबाट आएको टिमले खोजी कार्य जारी राखेको छ ।

शनिबार नेपाल आएका भारतीय टोलीले आइतबार बिहानदेखि त्रिशुली नदीमा बसको खोजी जारी गरेको हो । भारत सरकारको सहयोगमा त्यहाँस्थित नेसनल डिजास्टर रेस्पोन्स फोर्सको १२ सदस्यीय टोली शनिबार नेपाल आइपुगेको हो ।

भारतबाट कुनाल तिवारीको नेतृत्वमा खोजी दलको १२ सदस्यीय टोली नेपाल आएर शनिबार घटनाको पूर्ण विवरण बुझेको छ । टोलीले धमिलो पानीमा समेत खोजी गर्न सक्ने प्राविधिक उपकरण ल्याएको बताइएको छ । भारतीय टोलीले नेपालको गोताखोर टोलीसँग मिलेर खोजी गर्दाका जोखिम क्षेत्र पहिचान योजना बनाई घटनास्थलको अवस्थिति बुझेको छ ।

गत असार २८ गते त्रिशूली नदीा खसेका दुई बस अझै भेटिएका छैनन् भने कम्तिमा ३७ यात्रु अझै बेपत्ता छन् । हालसम्म २५ जनाको शव फेला परेकामा १८ जनाको सनाखत भएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  १० : ४४ बजे

राष्ट्र निर्माणमा सरकारलाई सहयोग गर्न तयार छौं : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी सांसद वर्षमान पुनले राष्ट्र निर्माण,

रास्वपालाई चुनाव जिताउन शक्तिकेन्द्रहरुले निलो क्रान्ति गराए : रामबहादुर थापा

काठमाडौं । नेकपा (एमाले) ले संसद बैठकको पहिलो दिनमै सत्तारुढ

लोकतन्त्रको आधार संवाद, सहमति र सहकार्य : प्रतिनिधिसभाका सभाध्यक्ष केसी

काठमाडौँ । प्रतिनिधिसभाका सभाध्यक्ष अर्जुननरसिंह केसीले राजनीतिक स्थिरता, सुशासन र

दल फरक भए पनि देश एउटै हो, सँगै उठ्नुपर्छ : भीष्मराज आङ्देम्बे

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद भिष्मराज आङ्देम्बेले राजनीतिक

सदनलाई राष्ट्रपति कार्यालयको पत्रको जानकारी

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदको