६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

न्यूरोडका ब्यापारीमा कोरोना पुष्टि भएपछि काठमाडौको विशालबजार क्षेत्र बन्द



काठमाडौं । काठमाडौंको न्यूरोड क्षेत्रमा एक प्रतिस्थित व्यापारीमा कोरोना संक्रमण देखिएपछि न्यूरोडको जुद्धचौक देखि ईन्द्रचौक सम्मका सबै पसलहरु बन्द गरिएको छ ।

स्थानीय व्यापारीमा संक्रमण देखिएपछि काठमाडौं महानगरपालिकाको वडा नम्बर २४ मा पर्ने न्यूरोडको जुद्ध सालिक देखि विशालबजार हुँदै इन्द्रचोकसम्मका पसलहरु बन्द गरिएको हो । काठमाण्डौ महानगरको २४ नम्बर वडा कार्यालयले शुक्रबारबाट लागु हुने गरी भदौ ७ गतेसम्म त्यसक्षेत्रका सबै पसलहरु बन्द गराएको हो ।

बिहिबार वडा कार्यालयले विज्ञप्ती जारी गर्दै न्यूरोड क्षेत्रमा कोरोना संक्रमण गर्नु आवश्यक रहेकाले साउन ३० गतेदेखि भदौ ७ गतेसम्म जुद्ध सालिकलदेखि इन्द्रचोकसम्मका पसल, व्यवसाय बन्द गर्न अनुरोध गरेको थियो ।

वडाको बिज्ञप्तिमा न्युरोड क्षेत्रमा कोरोना संक्रमण नियन्त्रण गर्नुपर्ने अति आवश्यक देखिएको हुँदा उक्त क्षेत्रमा मिति २०७७ साउन ३० देखि भदौ ७ गतेसम्म जुद्ध सालिकदेखि इन्द्रचोकसम्म पसल व्यवसाय बन्द गरी कोरोना संक्रमण फैलिनबाट बच्नका लागि सहयोग गरिदिनुहुन अनुरोध गरेको छ ।

उपत्यकामा बिगत केहि दिन देखि प्रत्येक दिन १ सय बढीको संख्यमा संक्रमित थपिईरहेका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ३ : ३१ बजे

बेनी-जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

म्याग्दी । म्याग्दीका पर्यटकीय स्थलहरुमा दसंँ लगत्तै पर्यटकको चहलपहल बढ्न

चीन सिजाङ भूकम्प अपडेट : १६ जनाको मृत्यु, घाइते ४६ पुगे

काठमाडौं । चीनको सिजाङ स्वायत्त क्षेत्रको नागकु शहरस्थित बाकेन काउन्टीमा

तीनदिने तीर्थाटनका लागि आज रवि लामिछाने भारत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ आजदेखि प्रदर्शनमा

काठमाडौं । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल

सामाजिक सञ्जालले बढायो सुकुटीको कारोबार

सुनसरी । धरानमा राँगाको सुकुटी र त्यसबाट बनाइने अचारको व्यापार