८ कार्तिक २०८३, आइतबार | October 25, 2026

लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले दिए राजीनामा



बुटवल । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री जोख बहादुर महराले पदबाट राजीनामा दिएका छन् । महराले आज दिउँसो प्रदेशसभामा सम्बोधनपछि राजीनामाको घोषणा गरेका हुन् ।

सो अवसरमा बोल्दै उनले आफू काम चलाउनमा एकछिन पनि बस्न नसक्ने बताउँदै छिटो सरकार गठनका लागि आग्रह गरे । अब बन्ने सरकारलाई शुभकामना व्यक्त गर्दै उनले छिटो सरकार गठन गरी मन्त्रीपरिषदलाई पूर्णता दिन आग्रह गरे ।

केन्द्र सरकारमा सत्ता समीकरण परिवर्तन भएसँगै नेकपा एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महरा अल्पमतमा परेका थिए । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता महराले आफू अल्पमतमा परेपछि कुनै निर्णय गर्दैन भनेर अडान लिएको र त्यो बाचालाई समेत पूरा गरेको बताए । ‘घिटी घिटी भएर बस्ने मेरो चाहाना थिएन असार मसान्त भएका कारण म बस्नै पर्ने बाध्यता थियो ।’- महराले भने अब असार मसान्त पनि सकिएको छ । नयाँ सरकार गठनका लागि शुभकामना दिन चाहान्छु ।

आफू नेतृत्वको सरकारमा सहभागी हुँदा एमाले तथा अन्य दलका मन्त्रीहरुले सोचेकोभन्दा बढी विश्वासको साथ काम गरेको उल्लेख गर्दै उनले केन्द्रीय राजनीतिको प्रभाव प्रदेशमा पर्नु दुःखद भएको उल्लेख गरे ।

महराले आफू नेतृत्वको सरकारले ल्याएको बजेट कार्यान्वयन हुँदैन कि भन्ने चिन्ता गर्ने वातावरण नबनाउन नयाँ सरकारलाई आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ३ : ३८ बजे

शिखका पहिरो प्रभावित भन्छन्, ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

दमौली । तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार

मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

ललितपुर । पाटनमा मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न भएको छ

सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर । त्रियुगा नगरपालिका-११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को

बडादसैँको अन्तिम दिन धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौं । नेपालीले भव्यरूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व