२० मंसिर २०८२, शनिबार | December 6, 2025

नेपाल र चीनबीच पर्वतीय पर्यटन प्रवद्र्धनमा सम्झौता



काठमाडौं । पर्वतीय पर्यटन प्रवद्र्धन प्रयोजनार्थ नेपाल र चीनका दुई सरोकारवाला निकायबीच सम्झौता भएको छ । नेपाल पर्वतारोहण सङ्घ र पर्वतारोहण क्षेत्रमा चीन जनसरकारको नेतृत्व गर्ने सिचाङ स्वशासित क्षेत्र खेलकुद महासङ्घबीच दुईपक्षीय सम्झौता भएको हो ।

चीनको सिचाङ स्वायत्त प्रदेशको निङची÷लुलाङ सहरमा यही जुलाई ३ देखि ५ तारिखमा आयोजना भएको ‘ट्रान्स हिमालय फोरम’ का अवसरमा भएको उक्त सम्झौताबारे सङ्घले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । सङ्घका अध्यक्ष निमानुरु शेर्पाले उक्त सम्झौताले नेपालको पर्वतीय पर्यटनको प्रचार र विकासमा महतवपूर्ण भूमिका निर्बाह गर्ने विश्वास व्यक्त गरे ।

उच्च पर्वतारोहण क्षेत्रमा दुई देशबिचको ज्ञान, सीप आदनप्रदान तथा उच्च पर्वतारोहण क्षेत्रमा हुने दुर्घटनामा तत्काल गरिनुपर्ने उद्धार, पर्वतीय वातावरण र पर्वतीय संस्कृतिको प्रवद्र्धनका लागि चीन सरकारको उच्च पदाधिकारीहरुको उपस्थितिमा भएको आफ्नो लुसाङ भ्रमणका दौरानमा दुई देशबीच चार बुँदे सम्झौता भएको हो ।

सम्झौतामा पर्वतीय उद्धारमा सहयोग र सहकार्य गर्ने, आरोहण संस्कृतिको प्रवद्र्धन, पर्वतीय वातावरणको संरक्षण र आरोहणसम्बन्धि जनशक्ति उत्पादनमा जोड दिने उल्लेख छ । यो सम्झौता सङ्घले अन्तर्राष्ट्रिय निकाय वा सरकारसँग गरेको अहिलेसम्मको ठूलो भएको सङ्घले दावी गरेको छ ।

सम्झौता अनुरुप उच्च पर्वतीय क्षेत्रमा विभिन्न कारणले हुने दुर्घटनामा प्रभावकारी उद्धार कार्य गर्न अन्य आपत्कालिन अवस्थामा गर्नुपर्ने उद्धारका लागि सहयोग र सहकार्य गरिनेछ । यसको उपलब्धी स्वरुप तत्काललाई दुई पक्षबीच ‘हाइ अल्टिच्युड माउन्टेन रेस्क्यु मेकानिजम’ स्थापना गर्ने सहमति भएको छ ।

सङ्घसहित चीन र नेपालको सरकारी प्रतिनिधिहरु समेत रहने उक्त संयत्रले उद्धारलाई थप छिटो, छरितो र प्रभावकारी बनाउनका लागि काम गर्नेछ ।

यस्तै नेपाल पर्वतारोहण सङ्घ र सिचाङ स्वाशासित क्षेत्र खेलकुद महासङ्घबीच आरोहण संस्कृतिको प्रवद्र्धन गर्ने सहमति भएको छ । विशेषगरी दुई देशको सीमा क्षेत्रमा रहेको सगरमाथा क्षेत्रको वातावरण संरक्षणलाई विशेष प्राथमिकता दिएर काम गर्ने सहमति भएको छ ।

साथै, सगरमाथा लगायतका हिमालहरुको आरोहणमा जाने आरोहीहरुलाई थप सहयोगमा सहकार्य गर्ने सहमति भएको छ । आरोहणसम्बन्धी जनशक्ति उत्पादनमा सिचाङ स्वशासित क्षेत्र खेलकुद महासङ्घले उच्च स्तरको पर्वतारोहण तालिम लिनका लागि उनीहरुका आरोहीलाई नेपाल पठाउने सहमति भएको सङ्घले जनाएको छ ।

उपयुक्त सम्झौता कार्यान्वयनका लागि चीनकोतर्फबाट सिचाङ क्षेत्र जनसरकार मातहतको सिचाङ स्वशासित क्षेत्र खेलकुद महासङ्घ र नेपालकोतर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रालय, पर्यटन विभाग र सङ्घको प्रतिनिधि रहने एउटा संयन्त्रको निर्माणका लागि प्रस्ताव गरिएको अध्यक्ष शेर्पाले बताए ।

उनका अनुसार नेपाल र चीनबीच दौत्य सम्बन्ध स्थापना भएको ७०औँ वर्षको अवसरमा अर्को वर्ष दुई देशबीच संयुक्त आरोहणका लागि प्रस्ताव गरिएको र त्यसप्रति सकारात्मक प्रतिक्रिया आएको छ । विगत वर्षमा पनि दुई देशबीच नेपाल–चाइन फ्रेण्डसिप पिकको आरोहण गरेको थियो ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ६ : ०८ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले