८ श्रावण २०८३, शुक्रबार | July 25, 2026

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची



काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । संघीय संसद सचिवालयका अनुसार आज अपराहन्न १ बजे बैठक बस्दै छ ।

आज प्रश्नोत्तर अन्तर्गत स्वास्थ्य तथा जनसंख्या, बन तथा बातावरण, कृषि तथा पशुपंक्षी विकास र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ ।

आजको कार्यसूची:

संयुक्त समितिमा हेरफेर

सभामुखले संयुक्त समिति अन्तर्गतको संसदीय सुनुवाई समितिमा माननीय सदस्यहरुको नाम हेरफेर गर्ने ।

विषयगत समितिमा हेरफेर

सभामुखले प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिहरुमा सदस्यहरुको नाम हेरफेर गर्ने ।

प्रश्नोत्तर

स्वास्थ्य तथा जनसंख्या, बन तथा बातावरण, कृषि तथा पशुपंक्षी विकास र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिने ।

व्यवस्थापन कार्य

माननीय उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय भामा उत्पत्ति भएको “सुरक्षित कारोबार ९पहिलो संशोधन० विधेयक, २०८१ माथी विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने ।

जरुरी सार्वजनिक महत्वको प्रस्ताव

सांसद प्रतिमा गौतमले ‘डेंगीको प्रकोप तीव्र रुपमा देशभरि फैलिई जनस्वास्थ्य संकट उत्पन्न हुन गई अस्पतालमा गम्भीर अवस्थाका बिरामीहरु भर्ना हुने संख्यामा वृद्धि, समाजमा डर र त्रासको माहौल उत्पन्न भएकोले डेंगीको प्रभावकारी नियन्त्रण एवं भविष्यमा सिर्जना हुने गम्भीर र दीर्घकालीन असर न्यूनीकरण तथा रोकथामको लागि सरकारलाई निर्देशन दिन अपरिहार्य भएकोले’ भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने । उक्त प्रस्तावका समर्थक कुसुम देवी थापा, माननीय सपना राजभण्डारी, माननीय सिता मिजार र माननीय लिलादेवी बोखिम लिम्बुले समर्थन गर्ने ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ८ : ४८ बजे

अख्तियारकोे बार्षिक समीक्षा सम्पन्न : उजुरीहरूमध्ये सबै भन्दा बढी स्थानीय तहसँग सम्बन्धित

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८२/८३ को

सीमाविद् बुद्धिनारायण श्रेष्ठ पुरस्कृत

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको ‘राष्ट्रिय विभूति भीमसेन

बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बालसुधार गृहमा रहेका

छोराको हत्या गरेको अभियोगमा बाबु पक्राउ

बुटवल । छोराको हत्या गरेको अभियोगमा बाबु पक्राउ परेका छन्

सीमावर्ती क्षेत्रको समस्या पहिचान भइसक्यो, समाधान गर्नेछौँ : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले देशको दक्षिणी सीमा क्षेत्रमा स्थलगत