२६ माघ २०८२, सोमबार | February 9, 2026

पश्चिम नेपाल बस व्यवसायी प्रा.लि र बुटवल हस्पिटल प्रालीबीच छुट सम्बन्धी सम्झौता



बुटवल । पश्चिम नेपाल यातायात प्राली आवद्ध बसहरुमा दुर्घटना हुँदा घाइते हुनेहरुको बुटवल हस्पिटल प्रालीमा सहुलियत दरमा उपचारहुने भएको छ । यातायात प्राली अन्तर्गतका बसहरुको दुर्घटजन हुँदा हुने घाइतेहरुको सहुलियत दरमा उपचार गर्न प्राली र अस्पतालबीच सम्झौता भएको हो ।

छुट सम्बन्धि सम्झौतामा हस्पिटलको तर्फबाट अस्पतालका अध्यक्ष चुन्नु प्रसाद पौडेल र यातायात प्रालीको तर्फबाट संचालक तथा दुर्घटना शाखा संयोजक जिवन बञ्जाडे र दुर्घटना शाखा प्रमुख सुरेश न्यौपानेले हस्ताक्षर गरेका छन् ।

यसैक्रममा मंगलबार नेपालमै धेरै यातायात व्यवसायीहरु आवद्ध रहेको पश्चिम नेपाल बस व्यवसायी प्रालीसंग उपचार सहजता सम्झौता भएको अस्पतालले जनाएको छ ।

सो अवसरमा अस्पतालका अध्यक्ष पौडेलले बुटवल हस्पिटल प्राली सरल सहज सुविधा सम्पन्न हस्पिटल बनेको बताउदै अबका दिनमा बुटवल क्षेत्रका बिरामीहरु उपचारका लागि राजधानी काडमाडौं देखि भारतीय शहरहरुमा जानु नपर्ने बताए । ‘अहिले पनि धेरै बिरामीहरु भारतीय शहरहरुमा जाने र ठुलो धनराशी खर्च गर्ने अवस्था छ, हामीले त्यसलाई रोक्ने र गुणस्तरिय सेवा दिने विषयमा लाग्नु पर्दछ,’ उनले भने, ‘उनले देशभरी नै संजाल रहेको पश्चिम नेपाल बस व्यवसायी प्रालीसंगको सहकार्यले बिरामीहरुलाई थप सेवा र सहजता हुने बताए ।’

सम्झौता पत्रमा हस्ताक्षर गर्दै पश्चिम नेपाल बस व्यवसायी प्रालीका संचालक तथा दुर्घटना संयोजक बञ्जाडेले यस क्षेत्रमै हस्पिटलकै लागि भनेर बुटवल हस्पिटल प्रालीको भवन बनेको भन्दै यहांको सेवा सुविधाले बिरामीहरुलाई काठमाडौं पठाउन नपर्ने अवस्था आएको बताए ।

उनले भने –’बुटवलमा पहिलो पटक सुबिधा सम्पन्न अस्पताल बनेको छ, अब यहांका बिरामीलाई महङ्गो शुल्क तिरेर काठमाडौं या भरत पढाउन पर्दैन, यो अस्पताल बुटवलवासीको हो यसलाई सबैले सहयागोग गरेर बचाउनु पर्दछ ।’

बुटवल हस्पिटलसंग पश्चिम नेपाल बस व्यवसायी प्रा लीको उपचार सम्झौता संगै देशभरीका व्यवसायीहरुका लागि पनि सहज हुने प्रा लीका दुर्घटना शाखा प्रमुख सुरेश न्यौपालेले बताए । सम्झौता भएसंगै अब पश्चिम नेपाल बस व्यवसाय प्राली आवद्ध बस दुर्घटनामा घाइतेको मात्र नभएर प्राली आवद्ध कर्मचारी, यातायात मजदुर, व्यवसायी तथा उनीहरुको परिवारको उपचारमा समेत विशेष छुट हुने सम्झौथामा उल्लेख छ ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ४ : ३२ बजे

वीरगञ्ज बजारमा छापा मार्दा तीन सशस्त्र प्रहरी घाइते, दुईवटा गाडीमा क्षति

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलले आज

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६ दशमलव ०५

प्रतिनिधिसभा सदस्य निर्वाचन : एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य

पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

काठमाडौं । यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै आराध्यदेव भगवान्

नेपालमै पहिलोपटक सालक सम्मेलन माडीमा सुरु

चितवन । नेपालमा पहिलोपटक सालकसम्बन्धी सम्मेलन आज चितवनको माडीमा सुरु