४ पुस २०८२, शुक्रबार | December 19, 2025

जीएमई रेमिट र हेल्लो पैसाबीच रेमिट्यान्स कारोबार सम्झौता, विदेशबाट नेपाल पैसा पठाउन थप सहज



काठमाडौं । छोटो समयमै चर्चित बनेको जीएमई रेमिट प्रालि र हेल्लो पैसाबीच रेमिट्यान्स कारोबार सम्झौता भएको छ ।

विश्वकै ख्यातिप्राप्त रेमिट्यान्स कम्पनी हेल्लो पैसासँग जीएमईको रेमिट्यान्स सम्झौता पछि विश्वभरबाट नेपालमा पैसा पठाउन थप सहज भएको छ ।

सम्झौतामा जीएमई रेमिटको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेल र हेल्लो पैसाको तर्फबाट निर्देशक श्री अहेमेद शाजिम खमिसाले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै दुई कम्पनीबीच कारोबार सुरु भैसकेको छ ।

विश्वभर रहेको हेल्लो पैसाका सम्पूर्ण शाखाहरु र एजेन्टहरुबाट पठाउने रकम जीएमई रेमिटको माध्यमबाट सजिलैसँग नेपालमा रहेका आफ्ना आफन्तहरुले प्राप्त गर्न सक्ने जीएमईका प्रबन्ध निर्देशक पौडेलले बताए ।

नेपालमा जीएमई रेमिटसँग ९ हजार भन्दा बढी एजेन्टहरुबाट आवद्ध रहेका छन् । ती एजेन्टहरुमार्फत सजिलैसँग रकम भुक्तानी लिन सकिने र कुनै पनि बैंकको खातामा तुरुन्तै रकम जम्मा गर्न सकिनेछ प्रबन्ध निर्देशक पौडेलले जनाए ।

जिएमई रेमिटले रेमिट्यान्सको क्षेत्रमा छोटो समयमा नै लोकप्रियता हासिल गरेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ५ : ४४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको