२० मंसिर २०८२, शनिबार | December 6, 2025

पपुवा न्युगिनीमा भएको झडपमा २६ जनाको मृत्यु



सिड्नी । पपुवा न्यू गिनीको पूर्वी सेपिक प्रान्तमा भएको झडपमा महिला र बालबालिकासहित कम्तीमा २६ जनाको सामूहिक हत्या भएको स्थानीय सञ्चारमाध्यमले बुधबार जनाएका छन् ।

समाचार संस्था, नेशनलका अनुसार प्रान्तको अङ्गोरम क्षेत्रको सेपिक नदी किनारमा रहेका तामारा, ताम्बरी र अग्रुमारा गाउँहरूमा भएको झडपले हत्या, बलात्कार र सम्पत्तिको विनाशको अवस्था निम्त्याएको हो ।

तीस जनाभन्दा बढी स्थानीय युवाहरूलाई उक्त घटनाको दोषी ठहराइएको नेशनलले जनाएको छ । सामूहिक हत्या र सम्पत्ति विनाश हुने गरी भएको झडप भूमि विवादसँग सम्बन्धित रहेको अङ्गोरमका सांसद सालियो वाइपोले जानकारी दिएका छन ।

वाइपोले ३३ जना संदिग्ध आक्रमणकरीहरूको पहिचान गरिएको र अनुसन्धानका लागि प्रहरी टोली तैनाथ गरिएको खुलासा गरे । उनले पीडितका परिवारलाई शान्त रहन आह्वान गर्दै आवश्यक सहयोगका लागि तोकिएको प्रहरी अधिकारीसँग सम्पर्क गर्न आग्रह गरेका छन ।

पपुवा न्युगिनीको उत्तरपूर्वी तटमा अवस्थित ४३ हजार वर्ग किलोमिटरमा फैलिएको पूर्वी सेपिक प्रान्तको अनुमानित जनसङ्ख्या चार लाख ३३ हजार ४८१ रहेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ३ : ४३ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय