७ श्रावण २०८३, बिहिबार | July 24, 2026

उत्तर चीनमा भारी वर्षा र बाढीजन्य जोखिमको चेतावनी



बेइजिङ । उत्तरी चीनमा भारी वर्षाका कारण बाढी र पहिरो आउन सक्ने चेतावनी अधिकारीले दिएका छन् । चीनले चरम मौसमको गर्मी सहन गरिरहेको छ, पूर्व र दक्षिणमा भारी वर्षा भइरहेको छभने उत्तरको धेरै भाग लगातार गर्मीको चपेटामा परेको छ ।

बेइजिङमा ३५ डिग्री सेल्सियस (९५ डिग्री फरेनहाइट) भन्दा बढीको चर्को तापक्रमपछि शहरका अधिकारीले बुधबार बाढी रोकथामको दोस्रो उच्च प्रतिक्रिया सुरु गरेका छन् ।

बुधबारदेखि बिहीबार साँझसम्म २४ घण्टाको अवधिमा करिब दुई करोड २० लाख जनसङ्ख्या रहेको राजधानीका केही भागमा १५० मिलिमिटरसम्म वर्षा हुन सक्ने सहरका अधिकारी विच्याटमार्फत् जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

वर्षाका कारण पर्वतीय धार, भूस्खलन र अन्य गौण विपत्ति आउन सक्ने बताइएको छ । शहरका अधिकारीहरूले सुरक्षाको कारण देखाउँदै केही पर्यटकीय स्थलका साथै पर्वतीय तथा नदी किनारका होस्टलहरू अस्थायी रूपमा बन्द गर्न आदेश दिएका छन् ।

बेइजिङका बासिन्दालाई बाहिरी गतिविधि कम गर्न, पहाडी वा नदी किनारका क्षेत्रहरूबाट टाढा रहन र आश्रय स्थलहरूमा ध्यान दिन आग्रह गर्दै सन्देशहरू प्राप्त भएका छन् ।

चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार बेइजिङलाई घेरेको र सात करोडभन्दा बढी मानिसको बसोबास रहेको छिमेकी हेबेई प्रान्तका अधिकारीहरूले पनि बाढीको चेतावनी दिएका छन् ।

चीनको ‘स्टेट फ्लड कन्ट्रोल एण्ड ड्राउट रिलिफ हेडक्वाटर’ले भारी वर्षाले प्राकृतिक विपत्ति निम्त्याउने उच्च जोखिम रहेको चेतावनी दिएको छ ।

पूर्वी झेजियाङ र फुजियान प्रान्तमा बिहीबार ठूलो आँधी आउने अनुमान गरिएको छ । अधिकारीहरूले आँधीका लागि खतराको सूचना जारी गरेका छन् र फुजियानले बिहीबारका लागि सबै रेल सेवाहरू स्थगित गरेको छ ।

स्थानीय सञ्चारमाध्यमले अधिकारीहरूलाई उद्धृत गर्दै तटीय क्षेत्रमा चारदेखि छ मिटरसम्म अग्लो छाल देखिन सक्ने जनाएका छन् । गाएमीका कारण स्वशासित ताइवानका अधिकारीहरूलाई विद्यालय बन्द गर्न र आँधीबेहरीको बिदा घोषणा गर्न अधिकारीहरूले सुझाएका छन् ।

यसअघि, उत्तरी र दक्षिणपश्चिम चीनमा आएको बाढीका कारण कम्तीमा २० जनाको मृत्यु भएको छ । गत मे महिनामा दक्षिणी चीनको एउटा राजमार्ग केही दिनको वर्षापछि भत्किँदा ४८ जनाको मृत्यु भएको थियो ।

चीन विश्वकै सबैभन्दा ठूलोमध्येको हरितगृह ग्याँस उत्सर्जक देश हो ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ४ : ०५ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा, कालो बजारीको रकम फिर्ता गराइयो

सुर्खेत । सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध

अन्दाज र परीक्षणको भरमा राज्य सञ्चालन गरिए देश ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले राजनीतिक भविश्यबाणी गर्दै ‘देश ठप्प

बाँकेमा वाम दलहरुले संयुक्तरुपमा मनाए पुष्पलाल स्मृति दिवस

नेपालगन्ज । बाँकेमा क्रियाशील वाम दलहरुले संयुक्तरुपमा नेपाल कम्युनिस्ट पार्टीका

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी