१८ माघ २०८२, आइतबार | February 1, 2026

निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका प्रधानको सुनुवाई भयो निर्णय भएन



काठमाडौं । संसदीय सुनुवाई विशेष समितिमा निर्वाचन आयोगको आयुक्तमा सिफारिस कृष्णमान प्रधानको सुनुवाई गरेको छ ।

बुधबार बैठकमा प्रधानले आफ्नो कार्ययोजना प्रस्तुत गर्दै आफूविरुद्ध परेको उजुरीबारे प्रस्टीकरण पनि दिएका छन् ।

यौनदुर्व्यवहारको आरोप लागेका प्रधानले सफाइ दिने क्रममा जिल्ला अदालतमार्फत उजुरीकर्तासँग मिलापत्र भैसकेको समितिलाई बताएका छन् ।

प्रधानको यसअघि असार २१ गते नै सुनुवाइ हुने तय भएर पनि रोकिएको थियो । यौन शोषण गरेको जस्तो आरोप लागेको भन्दै समितिले २० गते उजुरीकर्ताको कुरा सुनेर बैठक स्थगित गरेको थियो । असार २१ गते तय भएर रोकिएको सुनुवाइ बुधबार भएको हो ।

गत असार ७ गते १० दिनको समय दिएर प्रधानविरुद्ध उजुरी आह्वान भएको थियो । उनीविरुद्ध ४ वटा गम्भीर प्रकृतिका उजुरी परेको समितिले जनाएको छ ।

सुनुवाइ सकिएपछि आज कुनै निर्णय नगरिएको र अर्को बैठक बसेर नियुक्तका लागि सिफारिस गर्ने नगर्ने निर्णय हुने बताईएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ७ : ०३ बजे

रुपन्देही उद्योग संघले बनायो २ वर्षे कार्ययोजना

बुटवल । रूपन्देही उद्योग संघले आगामी दुई वर्षको कार्ययोजना तयार

इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा

दुबई । इरानका सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार इस्लामिक गणतन्त्रले

रुपन्देहीको विकास अध्ययन गर्न योजनाविदलाई बिष्णु पौडेलको आग्रह

बुटवल । पूर्वउपप्रधान तथा अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष बिष्णु

भारतको बजेट : पूर्वाधार र उत्पादनमा ठूलो लगानी

नयाँदिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले अस्थिर वित्तीय बजार र

नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (माओवादी) ले गरिब जनताको आर्थिक