२८ जेष्ठ २०८३, बिहिबार | June 11, 2026

समयमा नै ग्रावल उत्खनन् नहुँदा पूर्व-पश्चिम राजमार्गको बेलागाछी पुल क्षतिग्रस्त



महोत्तरी । समयमा नै ग्रावल उत्खनन् हुन् नसक्दा पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बेलागाछी पुल बाढीका कारण क्षतिग्रस्त भएको छ ।

गएराति आएको अविरल बर्षाका कारण क्षतिग्रस्त भएको उक्त पुलबाट आवतजावत गर्न कठिनायी बनेपछि ठुला मालवाहक गाडी र यात्रुवाहक बस सडकमा नै रोकेर राखिएको छ ।

बर्दिवास बजारवाट ७ किलोमिटर पश्चिममा रहेको उक्त पुल बाढीले बीच भागबाट क्षति पुर्र्याएको जिल्ला ट्राफिक कार्यालय महोत्तरीले जनाएको छ । जिल्ला ट्राफिक कार्यालयका अनुसार अहिले हलुका गाडी र मोटरसाइकललाई स्काभेटरको माध्यमले ओहोरदोहोर गराइएको छ भने ठुला गाडी र यात्रुवाहक बसलाई बैकल्पिक सडक वनाएर राजमार्गमा रहेको जाम केही समयमा नै खोलिने छ ।

बाढीले ल्याएको ग्रावल पुलसम्म नै आईपुग्दा क्षति पुगेको स्थानीयहरुले वताए । ‘हामीले पुलसम्म आईपुगेको ग्रावल उत्त्खनन गर्न स्थानीय सरकारलाई ध्यानाकर्षण गराएका थियौ तर यसमा कुनै चासो नदेखाएपछि आज यो क्षति भयो ।’ स्थानीय युवा शैलेशमणि दाहालले भने, ‘विपद अवस्थालाई मध्यनजर गरेर ग्रावल उत्त्खननमा जोड नदिए अन्य धेरै ठाँउका पुल जोखिममा छन ।’

अहिले काठमाण्डौ, हेटौडा, वीरगञ्ज लगायतका ठाँउहरुमा जाने सवारीसाधन बीच बाटोमा नै रोकिएर बसेका छन । तर यात्रुहरुको मर्कालाई मध्यनजर गर्दै वैकल्पिक सडकको माध्यमवाट आवतजावतमा सहजीकरण काम भईरहेको इलाका प्रहरी कार्य बर्दिवासका प्रमुख रेवतीरमन पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ५ : २७ बजे

क्यान्सरको औषधी सहजताका लागि तोकियो फार्मेसी, नेपालगन्जमा जानकी, भरतपुरमा राजदूत

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि

खजुराको एउटै वडामा ७८ बालबालिका र ३१ गर्भवती कुपोषित

खजुरा । यातायात, स्वास्थ्य संस्था र शिक्षाको क्षेत्रमा सुगम मानिएको

एउटै बस्तीबाट दैनिक आठ सय लिटर दूध उत्पादन

पर्वत । पर्वतको जलजला गाउँपालिका-८ को फर्से बस्तीबाट दैनिक ८००

विमानस्थलबाट ३१ लाख ५१ हजारसहित दुई बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट रु ३१ लाख ५१ हजारसहित

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स ९यूएई० दुबईका