२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई तीव्रता दिन गृहमन्त्रीको निर्देशन



काठमाडौँ । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् । आज सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको निरीक्षण गर्दै उनले राष्ट्रिय परिचयपत्र वितरण कार्य सुस्त भएको बताएकाहुन् ।

“राष्ट्रिय परिचयपत्र बनाउन एक करोड ५१ लाखको विवरण सङ्कलन भइसकेको छ । कार्ड छपाइ ४३ लाख भइसकेको छ । ७६ लाख कार्ड छाप्न बाँकी छ”, उनले भने, “वितरणको सङ्ख्या एकदम कम भयो । आठ लाख ४७ हजार मात्र हामीले वितरण गरौँ । वितरणको पाटोलाई तीव्रता दिनुहोला ।”

गृहमन्त्री लेखकले राष्ट्रिय परिचयपत्र सरकारको सुशासनसँग सम्बन्धित रहेको बताए । उनले भने, “नागरिकलाई राज्यले प्रदान गर्ने सुविधाको मुख्य माध्यम राष्ट्रिय परिचयपत्र हुने भएकाले यो सुशासनको महत्त्वपूर्ण पाटो हो । यो राज्यको भविष्यसँग जोडिएको छ । यसमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रशंसनीय काम गरेको छ ।”

ज्येष्ठ नागरिकलाई घरघर गएर परिचयपत्र उपलब्ध गराउनेगरी अगाडि बढ्न गृहमन्त्री लेखकले निर्देशन थियो । “सामाजिक सुरक्षाभत्ता पाउन राष्ट्रिय परिचयपत्र अनिवार्य बनाउने कुरा व्यावहारिक थिएन । सामाजिक सुरक्षा भत्ताका लागि त्यो अनिवार्य नगर्ने निर्णय उचित हो । तर, ज्येष्ठ नागरिकबाहेकका हकमा अनिवार्य गरौँ । ज्येष्ठ नागरिकलाई घरघर गएर राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने नीति बनाऔँ”, उनले भने ।

राष्ट्रिय परिचयपत्र बनाउने विषयलाई तीव्रता दिन पालिकाले वित्तीय समानीकरण अनुदानसँग जोड्न सकिने गृहमन्त्री लेखकको भनाइ थियो । “अनुदानसँग जोड्दा राष्ट्रिय परिचयपत्र लिने मान्छेभन्दा पनि दिने मान्छेले पहल लिन्छ । वडाध्यक्ष नै राष्ट्रिय परिचयपत्र लिदिनुप¥यो भनेर घरघर जान थाल्नुहुन्छ । त्यसपछि राष्ट्रिय परिचयपत्र वितरण अभियान सफल हुन्छ”, उनले भने ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ८ : २७ बजे

प्रदेश संरचना र जिसस खारेज गर्न गोकुल बास्कोटाको सुझाव

काठमाडौं । नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले प्रदेश संरचना तथा

पश्चिम बंगालमा बीजेपी नेताका निजी सहायकको गोली हानी हत्या

काठमाडौं । भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टी (बीजेपी) नेता

सञ्चारमाध्यमले नागरिकका आवाजलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। विक्रम तिमिल्सिनाले सूचना

मेचीनगरमा ‘डायलासिस’ सेवा लिने बिरामी उच्च

झापा । मेचीनगर नगरपालिकामा डायलासिस उपचार गराइरहेका मिर्गौलाका बिरामीको सङ्ख्या

धारापानीवासी कुटानीपिसानी गर्न पानीघट्टकै भर

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाअन्तर्गत चुरे क्षेत्रको धारापानी गाउँका बासिन्दा अझै