२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाज रुपन्देहीको रक्तदान कार्यक्रम सम्पन्न



बुटवल । स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाज रुपन्देहीले रक्तदान कार्यक्रम गरेको छ । समाजको दोस्रो स्थापना दिवसको अवसर पारेर बिहिबार बुटवलमा रक्तदान कार्यक्रम गरेको हो ।

नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्री, समाजका अध्यक्ष शालिकराम पाण्डेले ब्लड ब्याग हस्तान्तण गरि शुभारम्भ गरे ।

कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले जन्मथलो र कर्मथलोलाई जोड्ने गरि समाजप्रति उत्तरदायी बनाउन महत्वपुर्ण योगदान भएको बताए ।

कार्यक्रमलाई निरन्तरताका साथ अझ भब्य रुपमा हुने गरि १७ वर्ष पार गरेका हरेक परिवारको सदस्यलाई जोड्दै लैजान उनले सुझाव दिए ।

रक्तदान गर्नुपुर्व परिक्षण हुने साथै रगत दान गरेपछि समेत रगतबाट सर्ने रोगहरुको बारेमा समेत थाहा पाउन सकिने हुदा निरोगिताको प्रमाणपत्र प्राप्त हुने उनले बताए । विज्ञानमा समेत रक्तदान धेरै बाच्ने आधार भएको प्रमाण पेश भएको उनले दाबी गर्दै रक्तदानको महत्व बुझाउन जरुरी रहेको उनले बताए । प्रत्येक वर्ष साउन १७ गते बुटवल जाउ, रक्तदान कार्यक्रममा सहभागी बनौ नारासहित स्थापना दिवसमा रक्तदान कार्यक्रम गर्दै आएको समाजका अध्यक्ष पाण्डेले बताए ।

कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष केशवराज कोईरालाले वार्षिक क्यालेण्डर नै बनाएर निरन्तर रक्तदान कार्यक्रमलाई जोड्दै आएको बताए । सामाजिक कार्यमध्ये सबैभन्दा पुण्य काम रक्तदान भएको उनले बताए ।

कार्यक्रममा सल्लाहकार पुरुषोत्तम पाण्डे, जग बहादुर रेश्मी, यम बहादुर सोमै, नैनसिह राना, सदस्य खड्ग बहादुर झेडीमगर, समाजका सचिव पिताम्बर शर्माले रक्तदाताहरुलाई मायाको चिनोबाट सम्मान गरेका थिए ।

नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ३० युनिट रगत संकलन भएको कार्यक्रम संयोजक तथा समाजका उपाध्यक्ष भवन कुमारी सोमैले बताईन । समाजमा ३८४ सदस्यहरु रहेका छन ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार  ४ : ०८ बजे

नेमकिपाको किल्ला भत्काउँदै भक्तपुर-१ मा रास्वपा विजयी

भक्तपुर । भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान

प्रतिनिधिसभा सदस्य निर्वाचन : समानुपातिकतर्फ रास्वपा अगाडि

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको जारी मतगणनामा

रुपन्देही-२ बाट रास्वपाका सुलभ खरेल भारी मतका साथ विजयी, धन्यवाद र्‍याली गर्ने तयारी

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रुपन्देही निर्वाचन क्षेत्र नम्बर

पर्वतमा रास्वपा उम्मेदवार भुसाल विजयी

पर्वत । पर्वतमा प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएको छ । आज

सर्लाहीका चार वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निक्कै अगाडि

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा सर्लाहीका चार वटै