२२ मंसिर २०८२, सोमबार | December 8, 2025

पेरिस ओलम्पिकमा ५० देशले जिते पदक, चीन शिर्ष र अमेरिका दोस्रो



काठमाडौं । जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ५० देशले पदक जितेका छन् । बुधबार सम्पन्न खेलपछि २९ देशले स्वर्ण पदक जितेका छन् भने कुल ५० देशले पदक जितेका छन् ।

जसमा चीन ११ स्वर्ण, ७ रजत र ६ काश्य पदक जितेर शिर्ष स्थानमा रहेको छ  भने अमेरिका ९ स्वर्ण, १५ रजत र १३ काश्य पदक जितेर दोस्रो स्थानमा रहेको छ ।  त्यस्तै फ्रान्स ८ स्वर्ण, ११ रजत र ८ काश्य पदकसहित तेस्रो स्थानमा रहेको छ भने अस्ट्रेलिया ८ स्वर्णसहित ६ रजत र ४ काश्य पदक जितेर चौथो स्थानमा रहेको छ ।

त्यसैगरी जापान ८ स्वर्ण, ३ रजत र ५ काश्य पदकसहित पाँचौं स्थानमा रहेको छ ।

त्यस्तै त्यस्तै ग्रेट ब्रिटेनले ६ स्वर्ण, ७ रजत र ७ काश्य पदक जितेको छ भने दक्षिण कोरियाले पनि ६ स्वर्णसहित ३ रजत र ३ काश्य पदक जितेको छ । । त्यसैगरी इटालीले ५ स्वर्ण, ७ रजत र ४ काश्य पदक जितेको छ भने क्यानडाले ३ स्वर्ण, २ रजत र ३ काश्य पदक जितेको छ ।

त्यस्तै हङकङ, जर्मनी, नेदरल्याण्डस, न्यूजील्याण्ड, रोमानिया र अजरबैजानले २-२ स्वर्ण पदक जितेका छन् ।

त्यसैगरी हंगेरी, जर्जिया, दक्षिण अफ्रिका, स्विडेन, बेल्जियम, आयरल्याण्ड,  काजकिस्तान, क्रोसिया,  ग्वाटेमाला, उज्बेकिस्तान, अर्जेन्टिना, इक्वेडर, स्लोभेनिया र सर्बियाले एक एक स्वर्ण पदक जितेका छन् ।

त्यसैगरी अहिलेसम्म ओलम्पिक पदक जित्ने देशमा ब्राजिल, उत्तर कोरिया, स्पेन, पोल्याण्ड, स्वीजरल्याण्ड, ग्रीस, इजरायल, कोसोभो, मेक्सिको, टर्की, युक्रेन, फिजी,  मंगोलिया, ट्युनिसिया, भारत, मोलडोभा, अस्ट्रिया, इजिप्ट, पोर्चुगल, स्लोभाकिया र ताजकिस्तान रहेका छन् ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ७ : १९ बजे

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा

पहिलोपटक खलङ्गा बजारमा ‘फायर हाइड्रेन्ट’ जडान भएपछि…

जुम्ला । चन्दननाथ नगरपालिका-५ स्थित खलङ्गा बजारको एक ‘मोबाइल’ पसलमा

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

काठमाडौं । सार्वजनिक संस्थानमा गरिएको करिब रू ४७ अर्ब सरकारी

नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

नेपालगञ्ज । निजी क्षेत्रले नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको

जेनजी पुस्ताको कथामा ‘झरीपछिको इन्द्रेणी’

काठमाडौं । हाँस्य कलाकारका रुपमा स्थापित अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशन