२४ चैत्र २०८२, मंगलबार | April 8, 2026

गण्डकी प्रदेशमा बने २० वटा पुल



म्याग्दी । गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्षमा २० वटा पुल निर्माण गरेको छ । ती पुलबाट बाह्रै महिना यातायातका साधन सञ्चालन गर्न सकिने भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ ।

गत आवमा गोरखा र तनहुँमा आठ, नवलपुर र बागलुङमा छ, म्याग्दी र कास्कीमा चार, लमजुङ र मनाङमा दुईवटा पुल निर्माण भएका हुन् । गत वर्ष गोरखा नगरपालिकाको दरौदी, बेनीघाट-आरुघाट-रुल्डी सडकअन्तर्गत आरखेतखोला, जरेबर-नारेश्वर-गोरखाबजार सडकअन्तर्गत दरौदी-जरेबर, लाप्राक-गुम्दा-लापु सडकको मुग्लाङ खोलामा मोटरेबल पुल निर्माण भएका हुन् ।

यसैगरी, तनहुँको शालिग्राम करिडोरअन्तर्गत ऋषिङ गाउँपालिका-५ पुनटारको लुम्दीखोला, बेलसोटी मार्गको म्याग्देखोला, बागेश्वरी मार्गको बुल्डीखोला र आबुखैरेनी गाउँपालिकाको २ र ३ नम्बर वडामा पर्ने खहरेखोला, लमजुङको सेतोपहिरो-बगरेबेँसी सडकको मिदिमखोला (बागे्रबेँसी), मनाङको पिसाङस्थित छार्ताङखोला, म्याग्दीको मालिका गाउँपालिका-१ र ६ को सिमाना छ्यारछ्यारेस्थित म्याग्दीखोला, मालिका-७ र धवलागिरि-७ को सिमाना भएर बग्ने भारवाङमा म्याग्दीखोलामा पुल निर्माण भएका हुन् ।

पूर्वाधार विकास निर्देशनालयका निमित्त निर्देशक डा महेन्द्र बानियाँका अनुसार कास्कीको अर्मला-भुते-गेर्लाङ गाउँ-हरपक सडकको भुतेखोला र बुढीबजार-डहरे-एयरपोर्ट-चाउथे सडकको बिजरपुरखोला, नवलपुरको बवाक-डेढगाउँ सडकको निरम्दीखोला, गैँडाकोट नगरपालिका-३ र ४ मा पर्ने जयश्रीखोला (दोस्रो) र आमरासा-डुकान-मेनघाट-हुप्सेकोट सडकको गिरबारीखोलामा पुल बनेका छन् ।

यसैगरी, बागलुङको मल्म-रिघा-सिसाखानी-पाण्डवखानी सडकको रिघा सारपेथुङ्गा, डोगाडी-ढोरपाटन सडकको गौडीखोला र नरेठाँटी-हरिचौर सडकको चुक्टीखोलामा पुल निर्माण भएका हुन् ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ७ : २४ बजे

म्याग्दीमा शैक्षिक सत्र अगावै पाठ्यपुस्तक भित्रियो

म्याग्दी । आगामी शैक्षिक सत्र २०८३ को लागि म्याग्दीका सामुदायिक

करोडभन्दा बढी बैङ्किङ कसुर : पक्राउ गरी अदालतमा पेस

काठमाडौँ । एक करोड बढी बैङ्किङ कसुर गरेको आरोपमा दोषी

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

बढी शुल्क लिने निजी विद्यालयमाथि अनुगमन हुँदै

काठमाडौँ । आगामी वैशाख १५ गतेदेखि नयाँ शैक्षिकसत्रको सञ्चालन र

सरकारी सञ्चारमाध्यममा मात्र विज्ञापन दिने नीति परिवर्तन गर्न पत्रकार महासङ्घको आग्रह

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना