१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

पाकिस्तानलाई चीनले एक हजार भेन्टिलेटर सहयोग गर्यो



सिन्ह्वा । चीनले पाकिस्तानलाई सहयोगस्वरुप एक हजार भेन्टिलेटर उपलब्ध गराएको छ ।

पाकिस्तानी राष्ट्रिय प्रकोपको व्यवस्थापन व्युरोका प्रमुख मुहाम्मद अफजारले हालै पाकिस्तानको राजधानीमा भएको एक कार्यक्रममा चीन सरकार र चिनियाँ जनताप्रति कृतज्ञता ज्ञापन गरेका छन् । अफजारले उक्त हस्तान्तरण समारोहमा चीन सरकार र चिनियाँ जनताले कोरोना भाइरस महामारी बिरुद्ध पाकिस्तानलाई निरन्तर र ठूलो सहायता दिएको भन्दै पाकिस्तानलाई महामारीको रोकथाम तथा नियन्त्रण गर्न महत्वपूर्ण सहयोग गरेको बताए ।

पाकिस्तानका लागि चिनियाँ राजदूत याउ चिङले चीन सरकारले पाकिस्तानलाई महामारीको बिरुद्धका कार्यमा महत्व र समर्थन दिएको कुरा बताए । पाकिस्तानका लागि चिनियाँ राजदूतावासको तथ्याङ्कअनुसार, चालु वर्षयता चीन सरकारले एकपछि अर्को गरी पाकिस्तानलाई सात पटक स्वास्थ्यसामग्री उपलब्ध गराएको छ । ती सामग्रीमा मास्क, सुरक्षा पोशाक, भेन्टिलेटर, सुरक्षित चश्मा, पन्जालगायतका समावेश छन् ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ६ : ०९ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले