२२ श्रावण २०८३, शुक्रबार | August 8, 2026

अध्ययन कार्यदलले बुझायो सिमलताल दुर्घटनाको प्रतिवेदन



काठमाडौँ । चितवनको सिमलताल बस दुर्घटनाको विषयमा अध्ययन गर्न बनेको कार्यदलले मंगलबार गृहमन्त्री रमेश लेखक समक्ष प्रतिवेदन पेश गरेको छ ।

गृहमन्त्री लेखक पदवाहाली भएपछि पहिलो निर्णय गर्दै सिमलताल घटनाको विस्तृत अध्ययनका लागि गृह मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल गठन गरेका थिए ।

सो कार्यदलले प्रतिवेदन पेश गर्दै विपद व्यवस्थापन लगायत सवारी दुर्घटना न्यूनीकरणको प्रभावकारी व्यवस्थापनका लागि सरोकारवाल निकाय जिम्मेवारीका साथ पहल गर्नुपर्नेमा राय समेत दिएको छ ।

कार्यदलको प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले सडक दुर्घटनाका कारण लामो समयदेखि जन र धनको क्षति भइरहेकोप्रति चिन्ता व्यक्त गरे । गृहमन्त्री लेखकले प्रतिवेदन अक्षरशः कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्दै कार्यदलले दिएको सुझाव मन्त्रालयले पनि कार्यान्वयन गर्नुका साथै अरु निकायलाई पनि कार्यान्वयन गर्न लगाउने बताए ।

‘यो गम्भीर र संवेदनशिल विषय छ ।’ मन्त्री लेखकले भने । ‘हवाई दुर्घटना भयो भने आयोग  र समिति बनाउने, दुर्घटनाको बारेमा जानकारी लिने, छानविन हुने गरिन्थ्यो,’  उनले थपे – ‘सडक दुर्घटनाको एउटै निश्चित घटनालाई लिएर यो पहिलो समिति बनेको हो ।’
सडक दुर्घटना न्यूनीकरणका लागि सबैखाले पहल गरिने उनले बताए  ।

दुर्घटनाको गम्भीरता बुझेर आफूले अध्ययन कार्यदल बनाएको उनको भनाई थियो ।

त्यस्तै सिमलताल दुर्घटनाको मुख्य कारण भेलबाढीकै कारण दुई वटा बस बगाएको आशय सहितको निष्कर्ष कार्यदल निकालेको छ ।
प्रतिवेदन पेश गर्दै कार्यदलका संयोजक गृहमन्त्रालयका सहसचिव छवि रिजालले दुर्घटनास्थलमा स्थानीय पालिकाले सडक निर्माण गर्दा भिरालो र पहाडी क्षेत्रमा उचित इन्जिनियरिङ्ग-डिजाइन बिना नै ग्रामीण सडक खनिएको बताए ।

‘दुर्घटनास्थलमा ठुलो मात्रामा ‘डेब्रिज’ (गेग्रान बहाव) भएको देखिन्छ, त्यहाँको भूगोल कम्जोर पनि छ,’ संयोजक रिजालले भने– ‘उक्त स्थानीय सडक निर्माणमा सुरक्षाको दृष्टिकोणले टेवा-पर्खाल लगाएको पनि देखिदैन ।’

दुर्घटनामा परी नदीमा हराएका यात्रु मध्ये २४ जना शव फेला परेपनि ४० जनाको अवस्था अझै अज्ञात रहेको छ  । दुर्घटना लगत्तै सुरक्षा निकाय खोजीकार्यमा हालसम्म पनि सक्रिय रहेको गृह मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ५ : ४५ बजे

प्रधानमन्त्री शाहले मध्यराती गरे आफु एक्लो परेको संकेत

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (वालेन)ले आफु एक्लो परेको संकेत

होटलमा लगानी विस्तार गर्न मुख्यमन्त्री आचार्यको आग्रह

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटकीय गन्तव्यमा पर्यटकको

‘ब्रोड पिक’ मा ज्यान गुमाएका आरोहीको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । पाकिस्तानको ‘ब्रोड पिक’ हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेर

सुर्खेतमा स्कुटर पछाडि सवार युवाको मृत्यु

सुर्खेत । नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको स्कुटर पछाडि सवार एक

आयोगद्वारा एलपी ग्यास आपूर्तिलाई सहज बनाउन निर्देशन

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले एलपी ग्यास वितरण प्रक्रियामा पारदर्शिता,