२३ बैशाख २०८३, बुधबार | May 7, 2026

कैलालीमा मनाइयो ‘गुरही’ पर्व



कैलाली । थारू समुदायको गुरही पर्व कैलालीमा विविध कार्यक्रम गरी मनाइएको छ ।

गुरही नागपञ्चमीका दिन मनाउने गरिन्छ । पर्वका अवसरमा कैलालीका विभिन्न स्थानमा कार्यक्रमहरू गरिएका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका, घोडाघोडी नगरपालिका, गौरीगङ्गा नगरपालिकालगायत पालिकाहरुमा नाचगान गर्दै पर्व मनाइएको छ । पर्वका अवसरमा घोडाघोडी नगरपालिका–१ सुखड चोकमा कार्यक्रम गरिएको छ । यस्ता संस्कृति र चाड पर्वहरू जोगाउनका लागि सबै जना लाग्नुपर्ने घोडाघोडी नगरपालिकाका प्रमुख खडक रावतले बताए । “चाडपर्वका छुट्टै महत्त्व हुन्छन्”, उनले भने, “यसलाई जोगाउनु हामी सबैको जिम्मेवारी हो ।”

कार्यक्रममा थारू पहिरनमा सजिएर नृत्यहरु प्रस्तुत गरिएका थिए । गुुरही थारू समुदायको पहिलो चाडका रुपमा मनाउने गरिन्छ । यो पर्वको धार्मिक महत्वसमेत रहिआएको छ । गुरही पर्व चोक चौराहामा मनाइने गरेको घोडाघोडी नगरस्तरीय भलमन्सा समितिका अध्यक्ष बुधराम चौधरीले जानकारी दिए । उनका अनुसार साँझको समयमा बडघर (भलमन्सा) को पहलमा गाउँका दाजुभाइदिदीबहिनीहरू नयाँ कपडा पहिरेर थालमा भुजा, कपडाको रङ्गीबिरङ्गी गुडिया लिएर गाउँको चौराहातिर लाग्छन् । जहाँ ‘गुरही’ ठटाउने कार्यको तयारी गरिएको हुन्छ । चौराहामा गाउँका भद्र भलादमीदेखि बच्चाबुढासम्म भेला भएका हुन्छन् ।

गाउँका बडघर एकै सासमा (एकसंस्सु) दुुबो घाँसमा गाँठो पार्छन् । गाँठो पारिसकेपछि त्यसलाई ठटाउने आदेश दिएपछि जम्मा भएका केटाकेटीहरू त्यसलाई आफूसँग ल्याएको रङ्गीचङ्गी कोर्राबाट ठटाउँछन् र ‘देउ घुघरी’ ‘लेउ घुघरी’ को नारा लगाउँछन् । यसरी ‘गुरही’ ठटाउँदा गाउँघरमा विद्यमान रहेका रोगव्याधी र भूतप्रेतको दुःखबाट छुट्कारा पाइन्छ भन्ने विश्वास रहेको अध्यक्ष चौधरीले बताए ।

‘गुरही’ ठटाइसकेपछि त्यहाँ जम्मा भएका थारू दिदीबहिनीहरु ‘गुरही’ ठटाएकै ठाउँमा भुजा छर्कने र जम्मा भएकालाई प्रसादकारूपमा बाँड्ने गरिन्छ । दिदीबहिनीहरूले चना, मकै, केराउलगायत परिकारका भुजा प्रसादका रूपमा बाँड्ने गर्छन् ।

भलमन्सा चौधरीका अनुसार चोकमा ठटाएको भुजा र कपडाको टुक्राको सङ्कलन गरेर घरतिर लग्ने गरिन्छ । ठटाएका ती कपडाको टुक्रा घरको द्वारमा बाँध्दा, भुजालाई घरको छानामा छर्कंदा र दुबोलाई घरमा राख्दा दुःखकष्ट र सर्पहरू घरबाट निस्केर जाने विश्वास छ ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  १० : २८ बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा