१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

नेपाल इन्स्योरेन्सको खुद नाफा १२ दशमलव ३६ प्रतिशतले वृद्धि



काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफा बढेको छ ।

नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २३ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तलुनामा कम्पनीको नाफा १२ दशमलव ३६ प्रतिशत बढि हो ।

कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधीमा भन्दा २ करोड ६० लाख रुपैयाँले बढी आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा इन्स्योरेन्सको खुद नाफा २१ करोड ४ लाख रुपैयाँ रहेको थियो।

यस्तै, कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बीमा शुल्क शिर्षकमा खुद ६५ करोड ३७ लाख रुपैयाँ आर्जन गरेको छ।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २० दशमलव ७८ प्रतिशत अर्थात ११ करोड २४ लाख रुपैयाँ बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा इन्स्योरेन्सले ५४ करोड १२ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो।

यस्तै, समीक्षा अवधिसम्ममा इन्स्योरेन्सले पुनर्बीमा कमिशनबाट १३ करोड ९७ लाख रुपैयाँ आम्दानी गरेको छ । यसैगरी लगानी कर्जा तथा अन्य आयबाट ६ करोड ८३ लाख रुपैयाँ आम्दानी गरेको छ।

यस अवधिसम्ममा इन्स्योरेन्सले एक लाख ४७ हजार ५१० वटा बीमालेख जारी गरेको छ । जसबाट कुल एक अर्ब १७ करोड ७४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । यस्तै, यस अवधिमा ८ हजार ५९४ बीमालेख नविकरण भएका छन्।

कम्पनीले यस अवधिमा २ हजार ४२८ वटा दाबी बापत ७८ करोड ३९ लाख रुपैयाँ भुक्तानी गरेको छ । अझै पनि १ हजार ९७६ दाबी वापत ७३ करोड ७६ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

चुक्ता पूँजी एक अर्ब ९ करोड ५५ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा ३९ करोड ९६ लाख रुपैयाँ रहेको छ । यस्तै, बीमा कोषमा ४१ करोड ३३ लाख रुपैयाँ सञ्चित छ।

इन्स्योरेन्सको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ५९ पैसा रहेको छ । यस्तै, प्रतिशेयर नेटवर्थ १७४ रुपैयाँ ७१ पैसा र मूल्य आम्दानी अनूपात २० दशमलव ३४ गुणा रहेको छ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  १२ : ०१ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले