२४ फाल्गुन २०८२, आइतबार | March 8, 2026

कर्णाली राजमार्ग खुल्यो



जुम्ला । पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । सुर्खेत-जुम्ला सडकअन्तर्गत कालिकोटको पिली, कल्यानखोला र बिर्तामोडमा खसेको पहिरो हटाएसँगै अवरुद्ध सडक आज बिहानदेखि खुलेको हो ।

जुम्लास्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारी वीरबहादुर जिटीका अनुसार पहिरो हटाएपछि राजमार्ग पूर्ण रूपमा सञ्चालन भएको छ । उक्त स्थानमा सानाठूला पहिरो खस्दा राजमार्ग अवरुद्ध हुने गरेको छ ।

पर्याप्त बजेट नहुँदा समय समयमा राजमार्गको स्तरोन्नति गर्न कठिनाइ भएको बताउँदै उनले उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गरी सडक मर्मतसम्भार गर्दै आएको बताए । स्थानीयवासीले अविलम्ब सडकको स्तरोन्नति गर्न माग गरेका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ८ : ५७ बजे

खोटाङबाट श्रम संस्कृति पार्टीको खाता खुल्यो, आरेन राई निर्वाचित

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत खोटाङबाट श्रम संस्कृति पार्टीले पहिलो

प्रतिनिधिसभा निर्वाचनमा रास्वपाको ऐतिहासिक सफलता, १२९ क्षेत्रको नतिजा आउँदा १०० सिटमा जीत

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ मतगणना जारी रहँदा राष्ट्रिय

इलाम-२ बाट एमाले उम्मेदवार सुहाङ निर्वाचित

इलाम । प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम-२ बाट नेपाल कम्युनिष्ट पार्टी

पाल्पा-२ मा रास्वपाका थापा विजयी

तानसेन । पाल्पा-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा माधवबहादुर

सर्लाही-४ मा रास्वपाका अमरेशकुमार सिंह विजयी, गगन थापालाई १२ हजारभन्दा बढी मतान्तरले पराजित

सर्लाही । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही निर्वाचन क्षेत्र नम्बर ४