२५ कार्तिक २०८३, बुधबार | November 12, 2026

साउनको अन्तिम सोमबार देशभरका शिवालयमा भक्तजनको घुइँचो



काठमाडौं । आज साउनको अन्तिम सोमबार पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएका भक्तजनले आज विधिपूर्वक व्रत समाप्त गर्दैछन् । साउनको सोमबारलाई भगवान् शिवको प्रिय बार मानिने भएकाले यस दिन व्रत बसेर पूजापाठ र दान गर्दा सुख प्राप्त हुनाका साथै परिवारमा शान्ति प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

आज काठमाडौं उपत्यकामा पशुपतिनाथसहित, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किरातेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वरलगायत शिवालयमा भक्तजनको बिहानदेखि घुइँचो लागेको छ ।

देवघाटमा ५० हजार भक्तजन आउने

तनहुँको धार्मिक तीर्थस्थल देवघाटमा आज बोलबम मेला भर्न करिब ५० हजार भक्तजन आउने अनुमान गरिएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले जानकारी दिए । तेस्रो सोमबार ३५ हजार, पहिलो र दोस्रो सोमबार २५÷२५ भक्तजन आएका उनले बताए । चितवन, तनहुँ र नवलपुरको सङ्गमस्थलमा रहेको देवघाटमा हरेक वर्ष साउनको सोमबार उत्सवका रुपमा मनाइने बोलबम मेलामा स्वदेश तथा विदेशबाट हजारौँ भक्तजन आउने गरेका निर्देशक बरालले उल्लेख गरे । मेलामा स्नान गर्न आउने भक्तजनको सुरक्षाका लागि तनहुँ र चितवनतर्फ सुरक्षा सतर्कता बढाइएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।

सप्तरीका शिवालयमा व्रतालुको घुइँचो

सप्तरीमा रहेका शिव मन्दिरमा आज बिहानदेखि भक्तजनको घुइँचो लागेको छ । विशेष गरी साउनको सोमबार व्रत बसेर आज समापन गर्नेहरुको घुइँचो लागेको स्थानीय रामनाथ यादवले बताए ।

साउनमा शिवजीको व्रत बस्नाले पारिवारिक सुख, समृद्धि, विद्या, धनलगायत शान्ति प्राप्त हुने विश्वास वैदिक शास्त्रमा उल्लेख गरिएकाले यहाँका शिव मन्दिरमा भक्तजनको घुइँचो लागेको उनले उल्लेख गरे ।

जिल्लाको राजविराज नगरपालिकास्थित हरिनन्देश्वर, महादेवा गाउँपालिकाको अकुरी, हनुमानगर कङ्कालिनी नगरपालिका-२ स्थित महादेव, शम्भुनाथ नगरपालिकास्थित शम्भुनाथ महादेवको मन्दिर तथा जिल्लाको वीरेन्द्र बजारबाट उत्तर चुरै पहाडमा अवस्थित शनिशिव धाममा भक्तजनको घुइँचो लागेको छ ।

सिद्धेश्वर शिवालयमा वैदिक विधिपूर्वक विशेष गरिँदै

अर्घाखाँचीको भक्तिटोला चुत्राबेँसीस्थित सिद्धेश्वर शिवालयमा साउनको अन्तिम सोमबार आज बिहानैदेखि वैदिक विधिपूर्वक विशेष पूजाआजा भइरहेको छ । रुद्री तथा शिवजीको विशेष पूजामा सहभागी हुन जिल्लाका विभिन्न स्थानबाट आएका भक्तजनको मन्दिर परिसरमा घुइँचो लागेको मन्दिरका पुजारी पण्डित सुमन्तप्रसाद पोख्रेलले बताए ।

ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको सिद्धेश्वर शिवालय मन्दिरमा स्फटिकको शिवलिङ्ग स्थापना गरी दैनिक वैदिक विधिपूर्वक पूजाआजा गरिँदै आइएको बताउँदै आज समापन गरिने मन्दिरका संरक्षक नारायणप्रसाद खनालले बताए ।

गलेश्वर शिवालयमा एक महिनामा एक लाखले दर्शन गरे

म्याग्दीको बेनी नगरपालिका-९ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालयमा साउन महिनामा मात्रै एक लाख बढी भक्तजनले दर्शन तथा पूजाआजा गरेका छन् । भगवान् शिवको पूजाआराधनाका लागि उत्तम मानिने साउने सोमबारमा गलेश्वर शिवालयमा म्याग्दीका साथै, पर्वत, बागलुङ, कास्की, तनहुँ, गोरर्खा, चितवन, बुटवल, भैरवा, काठमाडौंलगायत ठाउँबाट उल्लेख्य मात्रामा भक्तजनक आएका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।

साउनको चारवटै सोमबार भक्तजनको सुरक्षाका लागि सुरक्षाकर्मी र स्वयंसेवक परिचालन गरेर लाइन व्यवस्थित गरी सहज पूजा गर्ने वातावरण मिलाइएको कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले जानकारी दिए । बेनी-जोमसोम कोरला सडक हुँदै मुक्तिनाथ दर्शन गर्न हिँडेका भारतीय धार्मिक पर्यटकले समेत गलेश्वरको दर्शन गरेका उनले बताए ।

गत वर्ष मन्दिरमा पूजाआजा र दर्शन गर्न आएका भक्तजनले चढाएको भेटीबाट रु ५८ लाख ४० हजार पाँच सय १० आम्दानी भएको कोषका सदस्यसचिव बलबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार यस वर्षको साउन तेस्रो सोमबारसम्म गलेश्वर शिवलायमा रु १० लाख ७४ हजार सात सय ४७ भेटी सङ्कलन भएको छ । कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको विशाल चट्टानमाथि अवस्थित गलेश्वर शिवालय क्षेत्र हिन्दू तथा बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वार मानिन्छ ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  २ : १७ बजे

बन्दीपुर घुम्न आएका १४ चिनियाँ पर्यटकले लगाए भाइटीका

दमौली । पर्यटकीय नगरी बन्दीपुर भ्रमणमा आएका १४ चिनियाँ पर्यटकले

भाइटीकामा दुई हजार ५०० यात्रुलाई सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

काठमाडौँ । सशस्त्र प्रहरीले तिहारको भाइटीकाको दिन काठमाडौँ उपत्यका र

पोखरामा विदेशी पर्यटकले मनाए भाइटीका

पोखरा । नेपालीको दोस्रो ठूलो चाड तिहारको सांस्कृतिक रौनकमा सहभागी

अकस्मातको वर्षाले बालगोपालेश्वरको भाइटीका प्रभावित

काठमाडौँ । अकस्मातको वर्षाले काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वरको भाइटीका प्रभावित भएको

मौरीको आक्रमणबाट वीरबहादुरको मृत्यु

बर्दिया । वनमौरीको घारबाट निस्किएका मौरीले टोकेर वीरबहादुर थारुको मृत्यु