१९ भदौ २०८३, शुक्रबार | September 5, 2026

आधा घण्टाको वर्षामा बुटवलको अमरपथ जलमग्न, अधिकांश पसलमा भेल पस्यो



बुटवल । आज करिब आधा घण्टा परेको वर्षाबाट बुटवलको अमरपथका अधिकांश पसलहरुमा पानी पसेको छ भने सडकमा पानी जमेर आवागमन नै अवरुद्ध बनेको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ४ नेपाल टेलिकम बुटवलको पछाडी रहेको नाला थुनिएर वडा नम्बर ५ र ६ मा रहेको मुल बजारमा प्रवेश गरेसँगै बजार क्षेत्र जलमग्न भएको स्थानीयले बताएका छन् ।

पानीको नियमित निकासको बाटो थुनिएपछि नालाको पानी बजारमा पसेको स्थानीयबासीले बताएका छन् ।

उपमहानगरले वर्षा लागेसँगै पानीको निकासका लागि पूर्व तयारी नगर्दा पसलहरुमा पानी पसेको व्यावसायीहरुको गुनासो छ । टेलिकमदेखि अमरपथका मुख्य बजारका अधिकांश पसलहरुमा पानी पसेको छ ।

बजार क्षेत्र डुबानमा परेपछि त्यसबाट भएको क्षति बारे तथ्याङ्क संकलनको काम भइरहेको बुटवल उपमहानगरका प्रवक्ता शिव रानाले जानकारी दिए ।

लक्ष्मीनगर क्षेत्रबाट आएको भल नालीमा जान नसकेपछि अमरपथ, हाटबजार क्षेत्र जलमग्न भएको हो । स्थानीयले नालीमा चेकजाँच तथा सफाई गरेपछि भने डुबानको सतह घटेको छ ।

लेदोसहितको बाढी बजारमा पस्दा आवागमन समेत प्रभावित बनेको छ । उपमहानगरले वर्षा लागेसँगै पानीको निकासका लागि पूर्व तयारी नगर्दा पसलहरुमा पानी पसेको व्यावसायीहरुको गुनासो छ ।

बैशाख ३० गते परेको वर्षाले सो क्षेत्रमा लेदो सहितको भेल पस्दा व्यवसायीको मालसमानमा नोक्सान पुर्याएको थियो ।

भारी वर्षाका कारण बुटवलका विभिन्न क्षेत्र डुबानमा, सफा गर्न डोजर चलाइयो

तस्वीर सौजन्य : रितु राजभण्डारी

 

तस्वीर सौजन्य : रितु राजभण्डारी

भिडियो

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  २ : ४० बजे

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज एक सूचना जारी

भोटेकोशी बाढी अपडेट : मृत्यु हुनेको संख्या १ हजार ३ सय २३ पुग्यो

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार राति

लुम्बिनी प्रदेश सरकारका २ मन्त्रीसहित ४ प्रदेशसभा सदस्य पार्टीबाट निष्काशित

नेपालगन्ज । जनता समाजवादी पार्टी, नेपालले लुम्बिनी प्रदेशका बहालवाला २

विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

काठमाडौँ । प्रेस काउन्सिल नेपालले विपद्का बेला समाचार सम्प्रेषण गर्दा

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति