१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

बीटीआइलाई इन्जिनियरिङ कलेज बनाउनेबारे छलफल



बुटवल । बुटवलमा रहेको बुटवल टेक्निकल कलेज बिटिआईलाई इन्जिनियरिङ कलेजका रुपमा सञ्चालन गर्नेबारे छलफल भएको छ।

काठमाडौँ विश्वविद्यालयको आङ्गिक क्याम्पसको रूपमा सञ्चालन गर्नेबारे प्रारम्भिक चरणको छलफलले कानुनी र व्यवहारिक पाटोका बारेमा थप अध्ययन र छलफल गर्ने निर्णय गरेको छ।

मंगलबार अर्थ मन्त्रालयमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, पूर्व मन्त्री हरि पाण्डेय, काठमाडौँ विश्वविद्यालय उपकुलपति डा. भोला थापा, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयसहितको टोलीले छलफल गरी बाँकी विषयमा अध्ययन गर्ने निर्णय गरेको हो।

बिटिआईलाई काठमाडौँ विश्वविद्यालयको इन्जिनियरिङ तर्फको आङ्गिक क्याम्पस बनाउने गरी छलफल भएको बिटिआईका अध्यक्ष एवं बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए।

पाण्डेयले बुटवल उपमहानगरपालिकाले लामो समयदेखि नै बीटीआइलाई नयाँ मोडलमा सञ्चालन गर्नुपर्ने विषयमा छलफल गर्दै पहल थालेको र पहिलो पटक दुईतर्फी छलफल भएको र छलफलबाट आफू उत्साहित भएको बताए।

उनले अहिले नै सबै निर्णय नभएपनि यसका कानुनी र प्राविधिक पाटोका बारेमा अध्ययन गरेर बीटीआइलाई दिगो बनाउने र यसको पहिचान स्थापित रहिरहने गरी कलेजका रुपमा सञ्चालन गर्नेमा साझा बुझाइ रहेको बताए।

‘काठमाडौँ विश्वविद्यालय उपकुलपति डा. भोला थापा आङ्गिक क्याम्पसको रूपमा बिटिआईलाई दिन सकारात्मक हुनुहुन्छ,’ उनले भने -‘हामीले यसको कानुनी र प्राविधिक पाटोमा थप अध्ययन गरेर अरु काम टुंग्याउनेछौं।’

बुटवलको औद्योगिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको बीटीआइ नयाँ ढंगले सञ्चालन गर्न नसके यसको पहिचान मेटिनसक्ने जोखिम रहेकाले यसलाई नयाँ ढंगले सञ्चालन गर्नुपर्ने उनले बताए। आंगिक क्याम्पसमा रुपमा सञ्चालन हुनसकेमा बुटवलमा शिक्षा र प्रविधिको क्षेत्रमा एक अध्याय थपिने आफूले विश्वास लिएको प्रमुख पाण्डेयले बताए।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  ६ : ३४ बजे

चिकित्सकमाथि आक्रमणको विरोधमा देशभर ओपीडी सेवा ठप्प, बिरामी मर्कामा

काठमाडौं। नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकमाथि भएको आक्रमणको विरोधस्वरूप मंगलबार

सुनसरी घटनापछि विराटनगरका केही विद्यालय आज बन्द

काठमाडौं । सुनसरीको देवानगञ्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न हुन सक्ने

सर्पदंशको बढ्दो सन्त्रास

काठमाडौं । अहिले मनसुनको समय । किसानहरुको अधिकांश समय खेतबारीमै

नेप्सेको प्रमुख कार्यकारी अधिकृतका लागि खुला आवेदन आह्वान

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख

पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध, खुलाउने प्रयास जारी

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको मुग्लिन नजिकै पहिरो खस्दा यातायात आवागमन