१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

बुटवलमा अपांगता भएकाहरुलाई डिजिटल परिचय पत्र



बुटवल । बुटवल उपमहानगरपालिकाले अपांगता भएकाहरुलाई डिजिटल प्रविधिबाट परिचय पत्र प्रदान गर्न शुरु गरेको छ। अपांगता भएका व्यक्तिहरुको लगत संकलन र सेवा प्रवाहलाई व्यवस्थित गर्न सफ्टवेयरमार्फत तथ्यांक संकलन गर्दै परिचय पत्र वितरण शुरु गरिएको हो।

बुधबार बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले डिजिटल परिचय पत्र वितरण गरेर यसको शुभारम्भ गरेकी थिइन्।

उनले नगरलाई डिजिटल रुपमा अगाडि लैजाने र डिजिटल प्रविधिका कारण सेवाग्राहीलाई सहज हुने विश्वास व्यक्त गरिन्।

बुटवल उपमहानगरपालिकाबाट परिचय पत्र लिएका ९ सय ६४ जना रहेको र बाँकी रहेका अपांगता भएका व्यक्तिहरुलाई नियमित रुपमा वितरण गर्ने सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख संगीता अर्यालले बताइन्।

उनका अनुसार बुटवलमा क वर्गको रातो परिचय पत्र लिने ३ सय, ख वर्गको निलो ४ सय २५, ग वर्गको पहेलो २ सय १३ र घ वर्गको सेतो परिचय पत्र लिने २८ जना अपांगता भएका व्यक्तिहरु रहेका छन्।

यसअघि परिचय पत्र लिएकाहरुले नयाँ परिचय पत्र लिन नपर्ने र हराएमा प्रतिलिपि लिँदा डिजिटल परिचय पत्र दिने व्यवस्था मिलाएको उनले बताइन्।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  ८ : ५२ बजे

चिकित्सकमाथि आक्रमणको विरोधमा देशभर ओपीडी सेवा ठप्प, बिरामी मर्कामा

काठमाडौं। नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकमाथि भएको आक्रमणको विरोधस्वरूप मंगलबार

सुनसरी घटनापछि विराटनगरका केही विद्यालय आज बन्द

काठमाडौं । सुनसरीको देवानगञ्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न हुन सक्ने

सर्पदंशको बढ्दो सन्त्रास

काठमाडौं । अहिले मनसुनको समय । किसानहरुको अधिकांश समय खेतबारीमै

नेप्सेको प्रमुख कार्यकारी अधिकृतका लागि खुला आवेदन आह्वान

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख

पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध, खुलाउने प्रयास जारी

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको मुग्लिन नजिकै पहिरो खस्दा यातायात आवागमन