३ असार २०८३, बुधबार | June 17, 2026

काठमाडौंस्थित भारतीय दूतावासले मनायो ७८औं स्वतन्त्रता दिवस



काठमाडौँ । भारतको ७८औं स्वतन्त्रता दिवसको अवसरमार काठमाडौँमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।

नेपालस्थित भारतीय राजदूतावासले मा आज दूतावासभित्र विशेष कार्यक्रम गरेर स्वतन्त्रता दिवस मनाएको हो ।

नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेपछि कार्यक्रम सुरु भएको थियो । सो कार्यक्रममा भारतका राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रका नाममा गरेको सम्बोधन भिडियोमार्फत प्रस्तुत गरिएको थियो ।

राष्ट्रपतिको उक्त सन्देशमा विगत ७७ वर्षमा विभिन्न क्षेत्रमा भएको प्रगतिमाथि प्रकाश पारिएको भारतीय दूतावासद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा जनाइएको छ । मुर्मुले भारतको स्वतन्त्रताका लागि आफ्नो जीवन बलिदान दिने स्वतन्त्रता सेनानीहरुलाई श्रद्धान्जली अर्पण गरेकी छिन् ।

सो अवसरमा राजदूतले भारतीय सशस्त्र बलका मृतक गोर्खा सैनिकका श्रीमती र निकटतम नातेदारलाई ५ करोड ५० लाख नेपाली रुपैयाँ बराबरको कम्बल वितरण गरी सम्मान गरेका थिए । साथै भारतीय सशस्त्र बलका मृतक सैनिकका श्रीमती एवम् १०७ मृतक सदस्यका निकटतम नातेदारहरुलाई १२ करोड ५५ लाख भुक्तानी दिइएको दूतावासले जनाएको छ । यस भुक्तानीमा आर्मी ग्रुप इन्स्योरेन्स (एजीआई) कार्यक्रम अन्तर्गत वर्ष २०२४ का लागि डेथ–इन–सर्भिस, एक्सटेन्डेड इन्स्योरेन्स र एजीआई परिपक्वता भुक्तानी लगायतका लाभहरु समावेश छन् ।

यस्तै, दूतावासले नेपालका पाँच प्रदेशका २१ वटा शैक्षिक संस्था र पुस्तकालयका लागि पुस्तक अनुदानको पनि घोषणा गरेको छ। यस पहलले दुर्गम क्षेत्रका विद्यार्थीका लागि शैक्षिक सामग्रीमा पहुँच बढाउने लक्ष्य राखेको दूतावासले जनाएको छ।

दूतावासका अधिकारी तथा उनीहरुका परिवारका अलावा नेपालमा रहेका भारतीय समुदायका सदस्य तथा भारत समर्थकहरु सो समारोहमा उपस्थित भएका थिए । कार्यक्रममा दूतावासको स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय, काठमाडौंका शिक्षक तथा विद्यार्थीले देशभक्ति गीत र नृत्य प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहिबार  १ : ४० बजे

विपक्षी दलले उठाए सभामुख अर्यालमाथि प्रश्न

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादबारे दिएको अभिव्यक्ति सच्याउन

नेपाल टेलिभिजनको समान खरिद प्रकरण : चार सदस्यीय छानबिन समिति गठन

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था

खुकुरी देखाएर युवतीलाई यातना दिने युवक लागुऔषधसहित पक्राउ

दाङ । खुकुरी देखाएर युवतीलाई यातना दिइरहेको भिडियो सार्वजनिक भएपछि

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको

कृषि विश्वविद्यालयमा १६ वर्षमा पाँच हजार ९०६ विद्यार्थी उत्तीर्ण

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरबाट १६ वर्षमा