२० मंसिर २०८२, शनिबार | December 6, 2025

साफ यू-२० सुरु हुन तीन दिन बाँकी रहँदा खेल मैदान बारे अझै अन्योल



काठमाडौं । काठमाडौँमा आयोजना हुने साफ यू-२० च्याम्पियनसीप सुरु हुन तीन दिन मात्र बाँकी रहँदा पनि खेल मैदानको टुंगो अझै लागेको छैन । आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेल स्थलको टुङ्गो लगाउन नसकेको हो ।

विहिबार एन्फाले पत्रकार सम्मेलन गर्दै खेल मैदानको टुङ्गो नलागेको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा म्याच कमिस्नरको निरिक्षणपछि मात्र खेल सञ्चालन हुने मैदान कुन बारे टुंगो लाग्ने बताइएको छ ।

एन्फाले यस अघि प्रतियोगिताका लागि दशरथ रंगशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्स गरी तीन स्थान तय गरेको थियो । तर, च्यासल मैदानमा बाढी पसेपछि खेल सञ्चालन गर्न नसकिने अवस्था आएको छ भने दशरथ रंगशाला पनि बर्षाले हिलाम्मे रहेको छ ।

साफले दशरथ रंगशाला र एन्फा कम्प्लेक्सको मैदानलाई आयोजना स्थलको स्विकृती दिएर खेल तालिका समेत जारी गरेपनि गत मंगलबार भुटानको पारो एफसी र नेपालको चर्च ब्वाईज बीचको खेल सञ्चालन हुँदा मैदान पूर्ण रुपमा खराब भएपछि साफले एन्फालाई विकल्प खोज्न भनेको छ ।

दशरथ रंगशालामा पानी सोच्ने ड्रेनेज सिस्टम नभएका कारण पारो र चर्च ब्वाइजको खेलका क्रममा हिलाम्मे भएको थियो । साफ यू(२० मा नेपालसहित बंगलादेश, श्रीलंका, भारत, माल्दिभ्स र भुटान गरि ६ देशले भाग लिदै छन् ।

जसमा समुह ए मा नेपाल, बंगलादेश र श्रीलंका रहेका छन् भने समुह बी मा भारत, माल्दिभ्स र भुटान रहेका छन् । प्रतियोगिताको उद्घाटन खेलमा अगस्त १८ मा श्रीलंका र नेपाल खेल्ने तालिका रहेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहिबार  ८ : ०६ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय