२३ भदौ २०८३, मंगलबार | September 8, 2026

एकैपटक सशस्त्रको १५ जवानमा कोरोना संक्रमण, बाँकेमा संक्रमितको संख्या ७२६ पुग्यो



नेपालगञ्ज । जनतासँग प्रत्यक्ष सम्पर्कमा रहने नेपाल प्रहरीको तुलनामा केहि कम कारोनाको संक्रमण खेपेको सशस्त्र प्रहरीमा बाँकेमा एकै दिन १५ जनामा संक्रमण पुष्टि भएको छ । बाँकेमा आइतवार थपिएका २० जना संक्रमितमा १५ जना सशस्त्र प्रहरी जवानहरु रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा पछिल्लो २४ घण्टाको पीसीआर परीक्षणमा सशस्त्रका १५ जवान सहित बाँकेमा २० र सल्यानको कपुरकोटका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बाँकेको सशस्त्र प्रहरी गुल्मका १५ जना, ग्लोबल बैंकका ३ जना कर्मचारी र कोहलपुरका २ जनामा कोरोना देखिएको जानकारी दिए ।

योसँगै बाँकेमा कोरोना संक्रमितको संख्या ७ सय २६ पुगेको छ । बाँकेमा ३ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ८ : ०१ बजे

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक आज, अधिवेशन कार्यतालिका तय गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मंगलबार बैठक बोलाएको

दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

भोजपुर । बाँदरका कारण अन्य बाली जोगाउन धौधौ परिरहेका बेला

प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

सुनसरी । अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी तथा घाँसे मैदानका

काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा छ हजारभन्दा बढी भूमिहीन सुकुमवासी, दलित र

भेडागोठमा लालबिरका सात दशक

म्याग्दी । शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा