१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

एकैपटक सशस्त्रको १५ जवानमा कोरोना संक्रमण, बाँकेमा संक्रमितको संख्या ७२६ पुग्यो



नेपालगञ्ज । जनतासँग प्रत्यक्ष सम्पर्कमा रहने नेपाल प्रहरीको तुलनामा केहि कम कारोनाको संक्रमण खेपेको सशस्त्र प्रहरीमा बाँकेमा एकै दिन १५ जनामा संक्रमण पुष्टि भएको छ । बाँकेमा आइतवार थपिएका २० जना संक्रमितमा १५ जना सशस्त्र प्रहरी जवानहरु रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा पछिल्लो २४ घण्टाको पीसीआर परीक्षणमा सशस्त्रका १५ जवान सहित बाँकेमा २० र सल्यानको कपुरकोटका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बाँकेको सशस्त्र प्रहरी गुल्मका १५ जना, ग्लोबल बैंकका ३ जना कर्मचारी र कोहलपुरका २ जनामा कोरोना देखिएको जानकारी दिए ।

योसँगै बाँकेमा कोरोना संक्रमितको संख्या ७ सय २६ पुगेको छ । बाँकेमा ३ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ८ : ०१ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा