१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

जापानको प्रशान्त महासागरीय तटमा ‘निकै शक्तिशाली’ आँधी



टोकियो । जापानको प्रशान्त महासागरीय तटमा ‘निकै शक्तिशाली’ आँधी आएको छ । शुक्रबार आएको भीषण हावाहुरी र भारी वर्षाका कारण टोकियो क्षेत्रमा सयौँ उडान र रेल सेवा रद्द हुनुका साथै चार हजारभन्दा बढी घर विद्युत्विहीन भएका छन् ।

जापानको राजधानी टोकियोबाट करिब ३०० किलोमिटर दक्षिणमा रहेको अम्पिल आँधीले उत्तरतर्फ २१६ किलोमिटर प्रतिघण्टाको गति लिएको जापानी मौसम विज्ञान निकाय (जेएमए) ले जनाएको छ ।

आँधी उत्तरबाट पूर्वतर्फ होन्शु तटसम्म पुग्ने र करिब चार करोड मानिसको बसोबास रहेको टोकियो क्षेत्रलाई घुमेर शनिबारदेखि प्रशान्त महासागरमा फर्किने अनुमान गरिएको छ ।

जेएमएले आँधीको समयलाई ‘धेरै कडा’ मौसमको रूपमा मूल्याङ्कन गरेको छ । यसलाई ‘भयानक आँधी’ को उच्चतम श्रेणीभन्दा एक डिग्री तल अर्थात् अधिकतम हावाको गति १९५ किलोमिटर प्रति घण्टाको दर रहेको उल्लेख गरेको छ ।

जेएनएले सामाजिक सञ्जालमार्फत ‘आँधीबेहरी, उच्च छाल, पहिरो र बाढीका लागि उच्च सतर्कता अपनाउन’ चेतावनी दिएको छ ।

अमेरिकी सेनाको ज्वाइन्ट टाइफून वार्निङ सेन्टरले राजधानीको पूर्वमा रहेको तटीय चिबा क्षेत्रमा अपराह्न ३ बजेसम्म अत्यधिक हावाहुरी चल्ने अनुमान गरेको छ ।

आँधीका कारण टोकियोको छिमेकी प्रान्त चिबाका चार हजारभन्दा बढी घरधुरीमा शुक्रबार बिहानसम्म विद्युत् आपूर्ति बन्द भएको युटिलिटी अपरेटरले जनाएको छ ।

निप्पोन एयरले शुक्रबार सबै ३३५ वटा आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरू रद्द गरेको छ र यसका कारण ७२ हजार यात्रुहरू प्रभावित भएका छन् ।

जापान एयरलाइन्सले हालसम्म ३६१ उडान रद्द गरेको र यसका कारण ५७ हजार ग्राहक मारमा परेका जनाएको छ ।

टोकियो र नागोयाबीचको व्यस्त क्षेत्रसहित जापानको बुलेट ट्रेन सेवाको सञ्जालका प्रमुख भागहरू पनि शुक्रबार बन्द हुने छन् भने टोकियो डिज्निल्यान्डका सञ्चालकले पार्क दिउँसो ३ बजेदेखि बन्द हुने बताएका छन् ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ३ : २५ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू