६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

बाँकेको बिनौनामा खुकुरी प्रहारबाट २ जना घाइते



नेपालगन्ज । बाँकेको राप्ती सोनारी-५ बिनौनामा दुईवटा समुहबीच झडप हुँदा २ जना गम्भीर घाइते भएका छन् । झडपका क्रममा खुकुरी प्रहारबाट २ जना गम्भीर घाइते भएका छन् ।

घाइतेहुनेहरुमा बैजनाथ ७ पर्शुरामपुरका २८ वर्षिय शुलभ मल्ल र राप्ती सोनारी ३ मधुवाका २८ वर्षिय सन्दिप विष्ट रहेको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने समुहको विषयमा भने प्रहरीले खुलाएको छैन ।

प्रहरीका अनुसार घाईते मल्लको बाँया कोखामा गहिरो चोट लागेको र अवस्था गम्भीर रहेको छ भने विष्टको दुबै हात र कुममा चोटलागेको छ ।

घाइतेहरुको नेपालगन्ज नसिंङहोममा उपचार भइरहेको छ । नदी उत्खनन्का क्रममा भएको विबादमा झडप भएको स्रोतको दाबी छ । नदीजन्य पदार्थको उत्खनन् र बिक्रीबितरणमा कुरा नमिलेपछि दुई समुहबीच झडप भएको बताइएको छ ।

प्रकाशित मिति : १ भदौ २०८१, शनिबार  ९ : ३९ बजे

आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

मुस्ताङ । लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना, ११ जनाको मृत्यु

कास्की । कास्कीमा असोज महिनामा ५९ सवारी दुर्घटना भएका छन्

यसवर्षका दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

चितवन । भोटीकोशी र बूढीगण्डकी बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध