२३ भदौ २०८३, मंगलबार | September 8, 2026

बाँकेको बिनौनामा खुकुरी प्रहारबाट २ जना घाइते



नेपालगन्ज । बाँकेको राप्ती सोनारी-५ बिनौनामा दुईवटा समुहबीच झडप हुँदा २ जना गम्भीर घाइते भएका छन् । झडपका क्रममा खुकुरी प्रहारबाट २ जना गम्भीर घाइते भएका छन् ।

घाइतेहुनेहरुमा बैजनाथ ७ पर्शुरामपुरका २८ वर्षिय शुलभ मल्ल र राप्ती सोनारी ३ मधुवाका २८ वर्षिय सन्दिप विष्ट रहेको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने समुहको विषयमा भने प्रहरीले खुलाएको छैन ।

प्रहरीका अनुसार घाईते मल्लको बाँया कोखामा गहिरो चोट लागेको र अवस्था गम्भीर रहेको छ भने विष्टको दुबै हात र कुममा चोटलागेको छ ।

घाइतेहरुको नेपालगन्ज नसिंङहोममा उपचार भइरहेको छ । नदी उत्खनन्का क्रममा भएको विबादमा झडप भएको स्रोतको दाबी छ । नदीजन्य पदार्थको उत्खनन् र बिक्रीबितरणमा कुरा नमिलेपछि दुई समुहबीच झडप भएको बताइएको छ ।

प्रकाशित मिति : १ भदौ २०८१, शनिबार  ९ : ३९ बजे

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक आज, अधिवेशन कार्यतालिका तय गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मंगलबार बैठक बोलाएको

दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

भोजपुर । बाँदरका कारण अन्य बाली जोगाउन धौधौ परिरहेका बेला

प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

सुनसरी । अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी तथा घाँसे मैदानका

काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा छ हजारभन्दा बढी भूमिहीन सुकुमवासी, दलित र

भेडागोठमा लालबिरका सात दशक

म्याग्दी । शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा