२५ फाल्गुन २०८२, सोमबार | March 9, 2026

हावाहुरीका कारण झापामा क्षति



झापा । गएराति आएको हावाहुरीले ठूलो क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हावाहुरीका कारण जताततै विजुलीका पोल ढलेका छन् भने घरका छाना उडाउनुका साथै रुखहरु समेत ढलेको प्रहरीले जनाएको छ ।

क्षतिको यकिन विवरण भने आउन बाँकी रहेको प्रहरी कार्यालयका प्रवक्ता कृष्णबहादुर चन्दले जानकारी दिए । उनले हावाहुरीका कारण मानवीय क्षति भने नभएको बताए ।

उनका अनुसार राजमार्गमा ढलेको रुखहरु राति नै जेसीबी लगाएर पन्छाइएको छ । चारआलीको पाउपाथीभरा मन्दिरस्थित पूर्वपश्चिम राजमार्गमा सखुवाको रुख ढल्दा एउटा कारमा क्षति समेत पुगेको छ । चारआलीबाट बिर्तामोडतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०२३ च ५०९३ नं को कारमा क्षति भएको उनले जानकारी दिए । कारमा पाँच जना सवार रहेका र सबै सकुशल रहेको उहाँको भनाइ छ ।

हावाहुरीले बिजुलीको पोल ढाल्दा मेचीनगरको धुलाबारी, धाइजन, र काँकरभिट्टामा विद्युत् अवरुद्ध भएको छ ।

प्रकाशित मिति : २ भदौ २०८१, आइतबार  ८ : ५० बजे

प्रतिनिधिसभा सदस्य निर्वाचनः आज राति १२ः०० बजेदेखि निर्वाचन आचारसंहिता निष्क्रिय हुने

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य

गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

गोरखा । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ गोरखा क्षेत्र नं १ मा

गुराँस हेर्न बागलुङको रायराँयकोट

बागलुङ । बागलुङको रायराँयकोट यतिबेला चर्चामा छ । गुराँसको जङ्गलबीच

धनुषा-१ को नतिजा तत्काल घोषणा नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले धनुषा १ को मतपरिणाम तत्काल घोषणा

स्पेस टेक्नोलोजीमा चीनको कदम : लङ मार्च–८ए वाई८ रकेट प्रक्षेपण तयारीमा

बेइजिङ । चीन अकादमी अफ लन्च भेइकल टेक्नोलोजीले विकास गरेको