२३ बैशाख २०८३, बुधबार | May 6, 2026

धार्मिक र पर्या पर्यटन प्रवर्द्धनको लक्ष्य सहित बाँकेको सिधनियाघाटमा सुरु भयो गंगा महाआरती



नेपालगन्ज । धार्मिक पर्यटन प्रवर्द्धनको लक्ष्य सहित बाँकेको राप्ती नदी सिधनियाघाटमा गंगा महाआरतीको सुरुवात गरिएको छ । डुडुवा गाउँपालिका वार्ड नं.–४ राप्ती नदी तटमा रहेको श्री अष्टोत्तरशतम् शिवलिंङ्ग विश्वम्भरनाथ महादेव (१०८ शिवलिङ्ग विश्वम्भर महादेव) मन्दिरमा सोमबार साँझबाट गंगा महाआरतीको सुरुवात गरिएको हो । श्रावण शुक्ल पुर्णिमाका दिन सोमबार साँझ ७ बजेबाट प्रारम्भ भएको महाआरती हरेक पूर्णिमामा गरिने बताइएको छ ।

राप्ती नदी क्षेत्र तथा मन्दिरको प्रचारप्रसार तथा धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्न भन्दै महाआरती सुरु गरिएको मन्दिरका पुजारी आचार्य रामप्रताप मिश्र शास्त्री महाराजजीले बताए ।

राप्ती नदीमा प्रत्येक वर्ष कार्तिक पुर्णमासी र चैतराम नवमीमा स्नान मेला, साउन महिनामा बोलबम (कवाँरिया), दशैमा दुर्गामुर्तीको प्रतिमा विसर्जन, शुभदिपावली पर्वको अवसरमा महादिपोत्सव, माघे संक्रान्तिमा स्नान, फागुनमा महाशिवरात्री पर्वमा विशेष पूजापाठ तथा स्नान, समय समयमा सत्यनारायण कथा वाचन, मुण्डन संस्कार, पितृ विसर्जन र शव दहलगायतका कार्यक्रमहरु हुँदै आएका छन् ।

राप्ती नदीमा अहिले डुडुवा गाउँपालिकाको सहयोगका शवदाह केन्द्र निमार्ण भईरहेको छ भने नदी तटमा नेपालगन्जमा क्रियाशिल मल्हमपट्टी समुहको संयोजनमा बैकुण्ठधाम सिधनियाघाट पनि निमार्णको परिकल्पना गरिएको छ ।

सोमबार सुरु भएको पहिलो आरतीमा जिल्लाका विभिन्न स्थानबाट स्थानीय सर्वसाधरण भक्तजनहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ४ भदौ २०८१, मंगलबार  ११ : ०५ बजे

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा

लुम्बिनी प्रादेशिक अस्पतालमा एचआइभी संक्रमित ४३ आमाबाट जन्मिएका सबै शिशु संक्रमणमुक्त

बुटवल । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा एचआइभी संक्रमित ४३ जना

बुटवल-१३ बेलबासमा लमिनारको नयाँ टायल शोरुम सञ्चालन

बुटवल । नेपालको अग्रणी पूर्ण भिट्रिफाईड टायल ब्राण्ड ‘लमिनार’ले रुपन्देहीको