२१ मंसिर २०८२, आइतबार | December 7, 2025

विश्वकै बढी उमेरकी महिलाको निधन



काठमाडौं । विश्वकै बढी उमेरकी महिलाको मंगलबार निधन भएको छ । अमेरिकामा जन्मिएकी मारिया ब्रानयास मोरेराको ११७ वर्षको उमेरमा निधन भएको हो ।

सीएनएनका अनुसार गिनिज वर्ल्ड रेकर्ड्स (जीडब्लूआर) ले विज्ञप्ति जारी गर्दै मोरेराको ११७ वर्ष १६८ दिनको उमेरमा निधन भएको हो ।

जीडब्लूआरका अनुसार उनी विश्वमा सबैभन्दा लामो समय बाँच्नै आठौं व्यक्ति हुन् । २०२३ को जनवरीमा विश्वकै सबैभन्दा बढी उमेरकी ११८ बर्षिय सिस्टर आन्द्रेको निधनपछि मोरेरा विश्वकै सबैभन्दा बढी उमेरकी घोषित भएकी थिइन् ।

मोरेराको जन्म उनको परिवार स्पेनबाट अमेरिका बसाईं सरेको एक वर्षपछि १९०७ मार्च ४ मा भएको थियो । त्यसको ८ वर्षपछि उनको परिवार स्पेनको बार्सिलोना फर्केको थियो । पछिल्लो समय भने उनी स्पेनको क्याटालोनियामा बस्दै आएका थिइन् । उनी कोभिड १९ को संक्रमणबाट निको हुने सबैभन्दा बढी उमेरकी मानिससमेत हुन् ।

प्रकाशित मिति : ५ भदौ २०८१, बुधबार  ८ : २४ बजे

गोवाको एक नाइट क्लबमा भीषण आगलागी हुँदा २५ जनाको मृत्यु

गोवा । भारतको गोवास्थित एक चर्चित नाइट क्लबमा भीषण आगलागी

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौं । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन

एनपीएलमा आज लिग चरणको अन्तिम खेल : कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्दै

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी नेपाल

पौने तीन लाख विदेशी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

पोखरा । पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा