२० मंसिर २०८२, शनिबार | December 6, 2025

नेकपा एमाले रुपन्देहीले गर्यो खरेललाई पार्टीबाट निष्काशित



बुटवल । नेकपा एमाले रुपन्देहीले पार्टीका संगगठित सदस्य टिका खरेललाई पार्टीको सदस्य समेत नरहने गरी निष्काशन गरेको छ ।

सैनामैना नगरपालिका वडा नम्बर ३ निबासी खरेलले पार्टी विधानको धारा ८० को उपधारा (४), (८), (१३) बमोजिम पार्टी हित विपरित गतिविधि गरेको र पटकपटक सचेत गराउँदा समेत पुनः गतिविधि दोहो¥याएको तथा समाजमा विभिन्न अनैतिक गतिविधि गरेको भन्दै एमालेले पार्टी विधानको धारा ८१ को उपधारा १ बमोजिम निशकाशन गरिएको हो । एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेद्वारा जारी विज्ञप्तीमा खरेललाई पार्टी सदस्यसमेत नरहने गरी कारवाही गरेको उल्लेख छ ।

त्यस्तै प्रेस चौतारी नेपाल रुपन्देहीले पनि खरेललाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको छ । संगठनको हित विपरितका क्रियाकलाप गरेपछि सुरुमा स्पष्टीकरण सोधिएको र त्यसपछि निलम्बन गरेको चौतारीले अनैतिक क्रियाकलाप जारी राखेपछि बुधबार बसेको सचिवालय बैठकले साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको हो । उनी प्रेस चौतारी रुपन्देहीका सचिवालय सदस्य थिए ।

आफ्नै रेडियोमा कार्यरत एक महिला कर्मचारीमाथि जवर्जस्ती करणी प्रयास गरेको अभियोगमा उनलाई प्रहरीले हिरासतमा लिएर अनुसन्धान अगाडी बढाएको छ ।

प्रकाशित मिति : ६ भदौ २०८१, बिहिबार  ७ : ४३ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय