३० आश्विन २०८३, शुक्रबार | October 17, 2026

नेकपा एमाले रुपन्देहीले गर्यो खरेललाई पार्टीबाट निष्काशित



बुटवल । नेकपा एमाले रुपन्देहीले पार्टीका संगगठित सदस्य टिका खरेललाई पार्टीको सदस्य समेत नरहने गरी निष्काशन गरेको छ ।

सैनामैना नगरपालिका वडा नम्बर ३ निबासी खरेलले पार्टी विधानको धारा ८० को उपधारा (४), (८), (१३) बमोजिम पार्टी हित विपरित गतिविधि गरेको र पटकपटक सचेत गराउँदा समेत पुनः गतिविधि दोहो¥याएको तथा समाजमा विभिन्न अनैतिक गतिविधि गरेको भन्दै एमालेले पार्टी विधानको धारा ८१ को उपधारा १ बमोजिम निशकाशन गरिएको हो । एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेद्वारा जारी विज्ञप्तीमा खरेललाई पार्टी सदस्यसमेत नरहने गरी कारवाही गरेको उल्लेख छ ।

त्यस्तै प्रेस चौतारी नेपाल रुपन्देहीले पनि खरेललाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको छ । संगठनको हित विपरितका क्रियाकलाप गरेपछि सुरुमा स्पष्टीकरण सोधिएको र त्यसपछि निलम्बन गरेको चौतारीले अनैतिक क्रियाकलाप जारी राखेपछि बुधबार बसेको सचिवालय बैठकले साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको हो । उनी प्रेस चौतारी रुपन्देहीका सचिवालय सदस्य थिए ।

आफ्नै रेडियोमा कार्यरत एक महिला कर्मचारीमाथि जवर्जस्ती करणी प्रयास गरेको अभियोगमा उनलाई प्रहरीले हिरासतमा लिएर अनुसन्धान अगाडी बढाएको छ ।

प्रकाशित मिति : ६ भदौ २०८१, बिहिबार  ७ : ४३ बजे

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौँ । दुग्ध विकास संस्थान (डीडीसी) को थप एक हजार

काठमाडौँ महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा दुई अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुईवटा नयाँ अध्यादेश जारी गरेका छन्।

सवारी साधन चोरी गर्ने गिरोहका नाइके १० थान चोरीका मोटरसाइकलसहित पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले बाँके र त्यस आसपासका क्षेत्रमा सवारी