१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध अहिलेसम्म ३१ मुद्धा दर्ता, राष्ट्रसंघको निगरानीमा छानबिन हुने



काठमाडौं । बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हसिनविरुद्ध थप ९ वटा मुद्दा दायर गरिएको छ । नयाँ सरकार गठन भएदेखि अहिलेसम्म हसिनाविरुद्ध ३१ मुद्दा दर्ता भएका छन् । जसमा २६ हत्या, ४ नरसंहार र एक अपहरणका मुद्दा दर्ता भएका छन् ।

बंगलादेशको पत्रिका डेली स्टारका अनुसार हालसम्म हसिनाविरुद्ध न्यायाधिकरणमा चारवटा मुद्दा दर्ता भएका छन् । यी चार घटनामध्ये तीनवटा घटना पछिल्लो समय विद्यार्थी आन्दोलनमा भएको हिंसासँग सम्बन्धित छन् । मोहम्मद अबुल हसन नामका एक व्यक्तिले हसिनाविरुद्ध सोमबार नरसंहारको उजुरी दिएका थिए ।

अबुल हसनका छोरा शहरयार हसन अल्वी विद्यार्थी आन्दोलनका क्रममा मारिएका थिए । यसअघि कक्षा ९ का विद्यार्थी आरिफ अहमदका बुबाले पनि हसिनाविरुद्ध न्यायाधिकरणमा उजुरी दिएका थिए । आरिफलाई साउन ५ गते प्रदर्शनका क्रममा प्रहरीले गोली हानेको थियो । २ दिनपछि उनको मृत्यु भयो ।

न्यायाधिकरणका अधिकारी अताउर रहमानले उजुरी दर्ता गरी अनुसन्धान सुरु गरेको जानकारी दिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

शेख हसिनाले सन् २०१० मा अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) स्थापना गरेकी थिइन् । यो न्यायाधिकरण सन् १९७१ मा बंगलादेशको स्वतन्त्रता आन्दोलनका क्रममा भएको हिंसाको छानबिन गर्न स्थापना गरिएको थियो ।

बंगलादेशको अन्तरिम सरकारले हसिना विरुद्ध परेका उजुरीहरूको सम्बन्धमा संयुक्त राष्ट्र संघको निगरानीमा छानबिन गर्ने बताएको छ । अन्तरिम सरकारका कानुनी सल्लाहकार प्रा. आसिफ नजरुलले शेख हसिनालाई कमाण्ड दिने जिम्मेवारी रहेको भन्दै विद्यार्थी आरक्षण आन्दोलनका क्रममा मृत्युमा उनको भूमिकाको छानबिन गरिने बताए ।

प्रकाशित मिति : ६ भदौ २०८१, बिहिबार  ८ : १९ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा