६ पुस २०८२, आइतबार | December 21, 2025

साफ यू-२० च्याम्पियनसिप : बंगलादेशलाई पराजित गर्दै नेपाल बन्यो समूहविजेता



काठमाडौं । घरेलु टोली नेपाल साफ यू-२० च्याम्पियनसिपमा समूह ‘ए’ को विजेता बनेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको समूहचरणको अन्तिम खेलमा बंगलादेशलाई २-१ ले पराजित गर्‍यो । नेपालले पहिलो खेलमा श्रीलंकालाई १-० ले पराजित गरेको थियो ।

बंगलादेशले पनि श्रीलंकालाई २-० ले पराजित गर्‍यो । नेपाल र बंगलादेश यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका थिए । लगातार दोस्रो जितसहित नेपाल ६ अंक जोड्दै समूह विजेता बन्यो ।

तीन अंक जोडेको बंगलादेश समूह उपविजेता बन्यो । श्रीलंका भने अंकविहीन रह्यो । नेपालले फाइनल प्रवेशका लागि अर्को समूहको उपविजेतासँग खेल्ने छ । समूह ‘बी’ मा एक खेल खेल्न बाँकी रहेको भारत तीन अंकसहित शीर्ष स्थानमा छ ।

दुवै खेल खेलिसकेको भुटानको पनि तीन अंक रहेको छ । शुक्रबार हुने समूह ‘बी’को अन्तिम खेलबाट नेपाल र बंगलादेशको प्रतिद्वन्दी तय हुनेछ ।

नेपालको जितमा समीर तामाङ र निराजन धामीले गोल गरे । बंगलादेशका मिराजुल इस्लामले फर्काएको गोल सान्त्वना रह्यो । १७ औं मिनेटमै नेपालले सुरुआती अग्रता लियो । नेपालका कप्तान कुशल देउवाले पेनाल्टी बक्सबाट क्लियर गरेको बललाई बंगलादेशका गोलकिपरले मिडफिल्ड एरियामा आएर क्लियर गर्ने प्रयास गरेका थिए । तर, उनले बेलैमा क्लियर गर्न नसक्दा समीरले खुट्टाबाट बल खोस्दै खाली पोस्टमा गोल गरे । जारी प्रतियोगितामा उनको यो पहिलो गोल हो ।

त्यसको दुई मिनेटपछि नै निराजन धामीले अर्को गोल थपे । अविनास स्याङ्तानले दिएको कट पासलाई उनले वान टर्चमा जाली चुमाए । जारी प्रतियोगितामा उनको यो दोस्रो गोल हो । यअसघि श्रीलंकाविरुद्ध नेपाललाई जित दिलाउन उनले नै निर्णायक गोल गरेका थिए ।

पहिलो हाफ सकिन तीन मिनेट बाँकी रहँदा मिराजुल इस्लामले बंगलादेशलाई खेलमा फर्काउने प्रयास गरे । नेपालका डिफेन्डर राम थापाले मिराजुललाई बक्सभित्र बंगलादेशले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीलाई मिराजुलले सदुपयोग गरे ।

प्रकाशित मिति : ६ भदौ २०८१, बिहिबार  ५ : १५ बजे

हप्तामा एक दिन कर्मचारीहरूलाई परम्परागत पोशाक लगाउने व्यवस्थाबारे सोच्न सकिने : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारी कार्यालयहरूमा हप्तामा कम्तीमा एक

आफै कार्यरत अस्पतालको पाँचौ तलाबाट खसेर इन्टर्न डाक्टर अमित यादवको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत ‘इन्टर्न डाक्टर’को अस्पताल

नेपालगन्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले संंशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन