१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

९ महिनापछि नेपाल र भारतबीच पहिलो कुटनीतिक वार्ता, नेपालमा सञ्चालित भारतीय परियोजना प्रगतिबारे छलफल



काठमाडौं । नेपालमा सञ्चालित भारतीय परियोजनाहरुको अवस्थाबारे अनुगमन गर्न गठित संयन्त्रको आठौं बैठक सम्पन्न भएको छ ।

नेपाल र भारतका उच्च कुटनीतिक अधिकारीहरुबीच ९ महिना पछि भएको यो नै पहिलो उच्चस्तरीय छलफल हो । भारतले नेपालको सीमा अतिक्रमण गर्दै नक्शामा समेत नेपाली भूभाग मिलाएपछि गत कात्तिकदेखि रोकिएको उच्चस्तरीय कुटनीतिक छलफलमा ब्रेक थ्रु गर्दै सोमबार काठमाडौंमा संयन्त्र बैठक सम्पन्न भएको हो ।

बैठकको नेतृत्व नेपालको तर्फबाट परराष्ट्रसचिव शंकरदास बैरागीले गरेका थिए भने भारतको तर्फबाट भारतीय राजदूत विनय मोहन कोत्राले गरेका थिए ।

परराष्ट्रमन्त्रालय र भारतीय दूताबासका बीच आयोजित भिडियो कन्फ्रेन्सिङमार्फत गरिएको वार्तामा भारतद्वारा नेपालमा सञ्चालित विभिन्न परियोजनाहरुको प्रगति समीक्षा भएको भारतीय दूताबासले विज्ञप्तिमार्फत जनाएको छ । नेपालको तर्फबाट भने अहिलेसम्म औपचारिक जानकारी गराइएको छैन ।

२०७६ असार २३ यता भारतीय परियोजनाहरुको प्रगतिबारे समीक्षा भएको भारतीय दूतावासले जनाएको छ । संन्यन्त्रको सातौं बैठक असारमा सम्पन्न भएको थियो ।

भारतीय प्रतिनिधिमण्डल

बैठकमा मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइलपाइन र विराटनगरस्थित एकीकृत जाँच चौकीको सञ्चालन प्रगतिबारे जानकारी गराइएको छ ।

यस्तै, भारतले भूकम्पप्रभावित गोर्खा र नुवाकोटमा भूकम्पपीडितका लागि ५० हजार घर निर्माणको प्रतिवद्धता जनाएकोमा ४६ हजार ३०१ वटा घर निर्माण भएको बैठकमा जानकारी गराएको छ । भूकम्प पीडितहरुका लागि अझै ३७ सय घर निर्माण गर्न भने बाँकी रहेको छ।

यस्तै, कोरोना भाइरसको महामारी फैलिएयता भारतले नेपाललाई उपलब्ध गराएको सहयोगको नेपालले प्रशंशा गरेको भारतीय दूताबासले जनाएको छ ।

संयन्त्रको बैठक बस्नु तीनअघि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोट सम्वाद भएको थियो । भारतीय स्वतन्त्रता दिवसका दिन दुई प्रधानमन्त्रीबीचको सम्वादले नेपाल र भारतबीच देखिएको कुटनीतिक असमझदारीलाई घटाउने विश्वास गरिएको थियो ।

भारतले अतिक्रमण गरेको नेपाली भूमिलाई समेट्दै नेपालले नयाँ नक्शा जारी गरेपछि भारतले नेपालसँग सम्वादै नगरी नेपाललाई थकाउने रणनीति लिएको थियो । गत कात्तिकमा आफुले अतिक्रमण गरेको नेपाली भूमिलाई समेत समेट्दै भारतले नक्शा जारी गरेपछि नेपालले तत्कालै आपत्ति जनाउँदै दुईपक्षीय सचिवस्तरीय सीमा वार्ता बस्न आग्रह गरेको थियो । तर, कोरोना महामारीको निहुँ देखाउँदै भारतले नेपालसँग वार्तामा बस्न अस्वीकार गरेको थियो ।

नेपालको बारम्बारको आग्रहलाई अस्वीकार गर्दै आएको भारतले गत मे मा नेपालकै भूमिहुँदै लिपुलेकसम्म पुग्ने सडक बनाएपछि त्यसको ठूलो विरोध भएको थियो । पछि सरकारले भारतबाट अतिक्रमित भूमिलाई समेट्दै नेपालको पूर्ण भुगोलसहितको नक्शा सार्वजनिक गर्दै त्यसलाई संसदको दुईतिहाई बहुमतबाट अनुमोदन गरेर सम्वैधानिक मान्यता दिएको थियो ।

प्रकाशित मिति : १ भदौ २०७७, सोमबार  ३ : ०७ बजे

कुवेतमा मृत्यु भएका ९ नेपालीको शवसहित अलपत्र नेपाली सवार विमान भैरहवामा अवतरण

भैरहवा । मध्यपूर्वमा जारी द्वन्द्वका कारण कुवेतमा अलपत्र परेका ३

देउवा-शेखर समूहको जिल्ला सभापतिहरूको भेला स्थगित

काठमाडौं । समानान्तर गतिबिधिमा सक्रिय नेपाली कांग्रेसको संस्थापनइतर समूहले आयोजना

ट्रम्पको सम्बोधनपछि तेलको मूल्यमा उकालो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा दिएको सम्बोधनपछि विश्वव्यापी तेलको

प्रतिनिधिसभाको पहिलो बैठकमा तीन वटा अध्यादेश पेश गर्दै गृहमन्त्री गुरुङ

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दैछ

बालाजु बाइसधारा मेला सुरु

काठमाडौं । बालाजुमा प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन लाग्ने