८ पुस २०८२, मंगलबार | December 23, 2025

तिलोत्तमाको एनजी मार्केटमा टोल स्तरीय खुल्ला तीजगित प्रतियोगिता हुने



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ५ मणिग्राममा रहेको एनजी मार्केटले टोल स्तरिय खुल्ला टोल स्तरिय तिजगित प्रतियोगिता गर्ने भएको छ । यहि भदौ १२ देखि १८ गते सम्म प्रतियोगिता आयोजना हुने भएको मार्केटले जनाएको हो ।

शुक्रबार मार्केटमा पत्रकार सम्मेलन गरि सो बारेमा जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा मार्केटका अध्यक्ष नारायण बन्जाडेले प्रतियोगितामा उत्कृष्ट टोल विकास संस्थाले २५ हजार, द्वितियले १५ हजार र तृतीयले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने बताए । एनजी मार्केटप्रतिको ग्राहकको मायासँगै हिन्दुहरुको महानपर्व तीज भएकाले पर्वमा शुभकामना आदानप्रदन गर्न र ग्राहकसँग भेटघाट तथा मोरञ्जनकालागि प्रतियोगिता राखिएको बताए ।

मार्केटका म्यानेजर दिपक भट्टराईका अनुसार आमा समूह, महिला समूह, विद्यालय समेत प्रतियोगितामा सहभागी हुन पाउने छन् । प्रतियोगितामा विजेता भएका टिमलाई यहि भदौ २१ गते खुल्ला तीजगितको मुलक कार्यक्रमका अवसरमा पुरस्कार प्रदान गरिने छ ।

यस्तै एन्जी मार्केटले ग्राहकको सुविधा र सहजताका लागि तिलोत्तमाका नागरिकलाई घरदैलो ग्राहक सदस्यता कार्ड प्रदान गर्ने भएको छ । मार्केटले त्यसका लागि प्रत्येक घर र टोलमा पुगेर सदस्यहरुको विवरण लिने सोही पत्रकार सम्मेलनमा संचालक बन्जाडेले जानकारी दिए ।

प्रकाशित मिति : ८ भदौ २०८१, शनिबार  ९ : २३ बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना