२६ भदौ २०८३, शुक्रबार | September 12, 2026

बुटवलमा दोहोरी गीत प्रतिष्ठानको तीज गीत प्रतियोगिता, उपाधि होराइजन जीबीएसलाई



बुटवल । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीले सोमबार बुटवलमा खुल्ला तीज गीत प्रतियोगिता सम्पन्न गरेको छ । हिन्दु महिलाहरुको महान चाड हरितालिका तीज तथा सोमबार परेको श्रीकृष्ण जन्माष्टमीको अवसरमा खुल्ला तीज गीत प्रतियोगिता सम्पन्न गरेको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै बुटवल उपमहानगरका उप प्रमुख सावित्रादेवी अर्यालले मौतिक तीज गीतको संरक्षण गर्दै पछिल्लो समय देखिएका विकृतिलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिइन् । नेपाली समाज धर्म, सँस्कृति र सम्पराले सम्पन्न रहेको बताउँदै अर्यालले त्यसको संरक्षणका लागि नयाँ पुस्ताले पनि अग्रसर हुनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा बोल्दै प्रतिष्ठानका केन्द्रीय सल्लाहकार तथा प्रतिष्ठान रुपन्देहीका संरक्षक खेमबहादुर हमालले नेपाली समाजको पहिचान जोगाउनका लागि प्रतिष्ठानले ठूलो भूमिका खेल्दै आएको बताए ।

प्रतियोगितामा बुटवलको होराइजन जीबीएस प्रथम, इन्टेलेक्चुअल एकेडेमी दोस्रो तथा एभरेष्ट बोर्डिङ स्कूल तेस्रो भए । विजेता समूहरुले क्रमशः प्रथम पुरस्कार १५ हजार ५ सय ५५, दोस्रो पुरस्कार १० हजार ५ सय ५५ र तेस्रो समूहले ५ हजार ५ सय ५५ रुपैयाँ नगद राशीसहित प्रमाणपत्र प्राप्त गरेका छन् । सान्त्वना हुन सफल न्यू होराइजन मावि र अक्फोर्ड माविले पनि २ हजार ५ सय ५५ रुपैयाँ नगद राशीसहित पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा रुपन्देहीका विभिन्न विद्यालयबाट १० समुहको सहभागिता रहेको थियो ।

नेपाली कला संस्कृतिको जगेर्नाका लागि प्रतियोगिताको आयोजना गरिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीका अध्यक्ष विजय सापकोटाले बताए । कार्यक्रममा प्रथम उपाध्यक्ष रितु थापाले स्वागत तथा सचिव विधान कार्की र कल्पना कुसुम ले सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : १० भदौ २०८१, सोमबार  ९ : १६ बजे

हरितालिका तीजका दिन लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

नेपालगन्ज । हरितालिका तीजको अवसरमा संघीय सरकारबाट महिलाहरुका लागि सार्वजनिक

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य