१ पुस २०८२, मंगलबार | December 16, 2025

बागमती प्रदेशका उपसभामुख राधिका तामाङलाई कोरोना संक्रमण पुष्टि



हेटौंडा । बागमती प्रदेशसभाका उपसभामुख राधिका तामाङलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

सोमबार गरिएको पीसीआर परीक्षणमा उपसभामुख तामाङलाई संक्रमण पुष्टि भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तामाङको हेटौंडास्थित किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्रको प्रयोगशालामा पीसीआर परीक्षण गरिएको थियो ।

उपसभामुख तामाङको एक छोरालाई पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । तर, परिवारका अन्य सदस्यहरुको रिपोर्ट भने नेगेटिभ आएको मन्त्रालयले जनाएको छ ।

तामाङ हाल आफ्नै सरकारी निवासमा रहेका छन् । उनीहरु निवासमै होम क्वारेन्टिनमा बस्ने उपसभामुखको सचिवालयले जनाएको छ । तामाङको सम्पर्कमा आएकाहरुमा कन्ट्रयाक ट्रेसिङको आधारमा स्वाब संकलन भइरहेको छ ।

प्रकाशित मिति : १ भदौ २०७७, सोमबार  ५ : ५३ बजे

पाँच फर्मलाई जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच

कांग्रेसद्वारा प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस

गण्डकी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

एमाले ११ औँ महाधिवेशनमा आज मतदान, ओली र पोखरेलबीच अध्यक्ष पदको प्रतिस्पर्धा

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज

विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड

काठमाडौं । देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर