१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

बागमती प्रदेशका उपसभामुख राधिका तामाङलाई कोरोना संक्रमण पुष्टि



हेटौंडा । बागमती प्रदेशसभाका उपसभामुख राधिका तामाङलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

सोमबार गरिएको पीसीआर परीक्षणमा उपसभामुख तामाङलाई संक्रमण पुष्टि भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तामाङको हेटौंडास्थित किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्रको प्रयोगशालामा पीसीआर परीक्षण गरिएको थियो ।

उपसभामुख तामाङको एक छोरालाई पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । तर, परिवारका अन्य सदस्यहरुको रिपोर्ट भने नेगेटिभ आएको मन्त्रालयले जनाएको छ ।

तामाङ हाल आफ्नै सरकारी निवासमा रहेका छन् । उनीहरु निवासमै होम क्वारेन्टिनमा बस्ने उपसभामुखको सचिवालयले जनाएको छ । तामाङको सम्पर्कमा आएकाहरुमा कन्ट्रयाक ट्रेसिङको आधारमा स्वाब संकलन भइरहेको छ ।

प्रकाशित मिति : १ भदौ २०७७, सोमबार  ५ : ५३ बजे

कुवेतमा मृत्यु भएका ९ नेपालीको शवसहित अलपत्र नेपाली सवार विमान भैरहवामा अवतरण

भैरहवा । मध्यपूर्वमा जारी द्वन्द्वका कारण कुवेतमा अलपत्र परेका ३

देउवा-शेखर समूहको जिल्ला सभापतिहरूको भेला स्थगित

काठमाडौं । समानान्तर गतिबिधिमा सक्रिय नेपाली कांग्रेसको संस्थापनइतर समूहले आयोजना

ट्रम्पको सम्बोधनपछि तेलको मूल्यमा उकालो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा दिएको सम्बोधनपछि विश्वव्यापी तेलको

प्रतिनिधिसभाको पहिलो बैठकमा तीन वटा अध्यादेश पेश गर्दै गृहमन्त्री गुरुङ

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दैछ

बालाजु बाइसधारा मेला सुरु

काठमाडौं । बालाजुमा प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन लाग्ने