८ पुस २०८२, मंगलबार | December 23, 2025

बाँकेमा भएको बस दुर्घटनामा मृत्यु भएका २ जनाको सनाखत



नेपालगन्ज । बाँकेको गनापुरमा बस पल्टिदा मृत्यु भएका दुई जनाको सनाखत भएको छ । मृत्यु हुनेहरुमा तुलसीपुर उपमहानगरपालिका ६ का बसका सहचालक २४ वर्षिय सन्तोष भुसाल र सोही स्थानका ६० वर्षिय मानबहादुर वली रहेका छन् ।

दाङबाट नेपालगन्ज आउँदै गरेको भे १ ख २१२८ नम्बरको बस गनापुरमा दुर्घटनामा परेको हो । पट्टा भांच्चिएर अनियन्त्रित भई बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डांगीले २१ जना घाइतेको नेपालगन्जको भेरी अस्पतालमा, दुई जनाको नर्सिङहोम र पांच जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको बताए । नर्सिङहोममा उपचार गराउन पुगेका एकजना भने डिस्चार्ज भएको उनले बताए ।

प्रकाशित मिति : १३ भदौ २०८१, बिहिबार  २ : १९ बजे

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना

प्रथम निशान न्यौपाने स्मृति सेभेन ए साईड फुटबल शुरु

बुटवल । प्रथम निशान न्यौपाने स्मृति सेभेन ए साईड फुटबल