१८ माघ २०८२, आइतबार | February 1, 2026

ट्रष्ट माइक्रो इन्स्योरेन्सद्वारा सबैभन्दा ठूलो अग्नी दाबी भुक्तानी



बुटवल । पश्चिम नेपालको बुटवलमा प्रधान कार्यालय रहने गरी गत वर्षदेखि सञ्चालन भएको ट्रष्ट माइक्रो इन्स्योरेन्सले माइक्रो इन्स्योरेन्स क्षेत्रकै सबैभन्दा ठूलो दाबी झण्डै ३२ लाख रुपैयाँ आगलागी पिडितलाई भुक्तानी गरेको छ ।

इन्स्योरेन्सले गत असार ६ गते बुटवल मिलनचोकस्थित डेल्टा मार्टमा भएको आगोलागीबाट पसलमा भएको सम्पत्ती गुमाएका नेपाली लुगा घरका सञ्चालन प्रकाश भुसाललाई अग्नी दाबी भुक्तानी गरेको हो ।

बुटवल मिलनचोकस्थित डेल्टा एजुकेशन मार्टमा सञ्चालित नेपाली लुगा घरको कूल ४० लाखको स्टक इन्स्योरेन्सको बीमा ट्रष्ट माइक्रो इन्स्योरेन्सको बुटवल अफिसबाट भएको थियो ।

ट्रष्ट माइक्रो इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत उज्ज्वल ढुङ्गानाका अनुसार नेपाली लुगा घरको कूल ४० लाखको सम्पत्ती आफ्नो कम्पनीमा गरिएको र सर्भेयरले निकालेको क्षती मूल्याङ्कनमा अनिवार्य स्वैच्छिक अधिक रकम कट्टा गरी कूल ३१ लाख ८३ हजार रुपैयाँ नेपाली लुगाघरको बैंक खातामा पठाइएको हो ।

गत आर्थिक बर्षबाट देशमा सञ्चालनमा आएका ३ ओटा निर्जिवन माइक्रो बीमा कम्पनीहरुको इतिहासमै ट्रष्ट माइक्रो इन्स्योरेन्समा परेको आगलागीको बीमा दाबी यो नै अहिले –सम्मको सबैभन्दा ठूलो भएको अधिकृत ढुङ्गानाले दाबी गरे ।

गत आर्थिक वर्षको चैत्र ९ गतेबाट आफ्नो कारोबार सुरु गरेको ट्रष्ट माइक्रो इन्स्योरेन्सले देशका प्रमुख शहर तथा जिल्लाहरुमा झण्डै डेढ दर्जन शाखा तथा उपशाखामार्फत माइक्रो बीमा व्यवसाय गर्दै आएको छ ।

प्रकाशित मिति : १३ भदौ २०८१, बिहिबार  ४ : ३३ बजे

खुल्यो जमुनाहा नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवागमन

नेपालगन्ज । जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु

ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ । दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

खुम्च्यो स्वास्थ्य बीमाको सेवा, ओपीडी सेवामा वर्षमा २५ हजार मात्र भुक्तानी हुने

काठमाडौं । स्वास्थ्य बीमा गरेका परिवारले पाउँदै आएको बीमा सेवालाई

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन