६ श्रावण २०८३, बुधबार | July 22, 2026

रुपन्देहीको तिलोत्तमामा ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी संचालनमा



बुटवल । रुपन्देहीमा केन्द्रीय कार्यालय रहनेगरी ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी संचालनमा आएको छ । रुपन्देहीको तिलोत्तमा २ जानकीनगरमा शुक्रबार माइक्रो इन्स्योरेन्सको एक समारोहका बिचमा उद्घाटन गर्न लागिएको बिहिबार पत्रकार सम्मेलन मार्फत् संस्थाका अध्यक्ष जगत पोखरेलले बताए ।

चुक्तापूँजी ७५ करोड रुपैयाँ रहेको ट्रष्ट माइक्रो इन्स्योरेन्सले निर्जीवन बीमाको काम गर्ने उनको भनाइ छ । मध्यम वर्गका नेपाली, साना तथा मझौला व्यवसायीहरुलाई बीमाको मूल धारमा ल्याउने र उनीहरुको सम्पत्तीमा दैवीप्रकोप, आकस्मिकजन्य दुर्घटनाबाट हुने हानी, नोक्सानी, तथा जोखिमलाई न्यूनिकरण गर्न सघाउने उद्देश्यका साथ माइक्रो इन्स्योरेन्स कम्पनी संचालनमा ल्याइएको पोखरेलको भनाइ छ ।

‘हामी लुम्बिनी प्रदेशको रुपन्देही बुटवललाई आर्थिक राजधानी बनाउन चाहन्छौँ,कुरा गरेर मात्रै आर्थिक राजधानी हुँदैन त्यसैले हामीले काम गर्न आएका हौँ,हामी स्थानीय नै भएका कारण थप सहज हुने बिश्वास लिएका छौँ ।’ उनले भने ।

माइको इन्स्योरेन्स कम्पनीले निर्जीवन बीमा व्यवसाय अन्तर्गत लघु मीटर बीमा, लघु सम्पत्ती बीमा, लघु सेंधमारी तथा नकवजनी बीमा, लघु घर बीमा, लघु सामुद्रिक बीमा, लघु व्यक्तिगत दुर्घटना बीमा,लघु सामुहिक दुर्घटना बीमा, कृषि तथा पशुपंक्षी लघु बीमा लगायतका श्रीमा व्यवसाय गरी सर्वसाधारणलाई भैपरी आउने दुर्घटनाजन्य तथा दैवी प्रकोपजन्य हुने हानी नोक्सानीमा राहत दिने उद्देश्यका साथमा आएको कम्पनीको भनाइ छ । दुर्गम वस्तीमा नेपालीहरुलाई बीमाको मुलधारमा ल्याउन र उनीहरुको सम्पत्तीको संरक्षणमा बीमाको पहुंच पुर्याउने काम थालिएको जनाइएको छ ।

संस्थाले यहि फागुन २७ गतेबाट निर्जीवन बीमा व्यवसाय सुरु गरिसकेको ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उज्ज्वल ढुंगानाले बताए । उनले भने— ‘कारोबार सुरू भैसकेको छ अब राम्रो होइन, बहुत राम्रो गर्छौं, ४ वटा निर्जीवन लघुबीमा कम्पनीमा एक नम्बरमा आउँछौं ।’

सो अवसरमा संचालक नवराज न्यौपानेले पालिकारुसंगको समन्वय र सहकार्यमा काम अघि बढ्ने बताए । कृषि क्षेत्रलाइ नै प्राथमिकतामा राखिएको बताए । पत्रकार सम्मेलनमा गोबिन्द लामिछाने, नारायण न्यौपाने, विश्व जंग थापा, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, मनोज भट्टराइ लगायतले बोल्दै सेवाग्राहीको मन जितेर काम गर्नुपर्नेमा जोड दिए । ट्रष्टले शुक्रबार दिउसो १ बजे शुभारम्भ पछि बेलुका भने रुपन्देहीका १६ पालिका यस यसक्षेत्रका अन्य जिल्लाका पालिकाका प्रमुख÷उपप्रमुख तथा कार्यकारी अधिकृतको सहभागितामा नेपाल बीमा प्राधिकरणले नै सहजीकरण गर्नेगरि अन्तरक्रिया समेत आयोजना गरेको छ ।

लघु बीमाले बढिमा ५० लाख सम्मको मात्रै बीमा गर्न पाउदछन् । बीमा क्षेत्रमा २६ वर्ष लामो अनुभव संगालेका ढुंगानाले साविक नेशनल लाइफ एण्ड जनरल इन्स्योरेन्सबाट बीमा क्षेत्रको यात्रा शुरु गरेका थिए । गत भदौमा माग गरेको आवेदन दिएका ३१ मध्येबाट सात वटाले लाइसेन्स पाएका थिए । जीवन बीमा तर्फ तीन वटा र निर्जीवन तर्फ चार वटाले लाइसेन्स पाएका हुन् । कम्पनीमा विभिन्न व्यवसायिक व्यक्ति सस्थामा आवद्ध ७१ जना यसका शेयर सदस्य रहेका छन् ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहिबार  ६ : ३९ बजे

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय र

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको