१० पुस २०८२, बिहिबार | December 25, 2025

परसपुर–गौघाट सडक कालोपत्र : म्याद सकिन ९ दिन बाँकी रहंदा २० प्रतिशत काम



खजुरा । परसपुर–गौघाट सडक खण्डको कालोपत्र निर्धारित समयमा अझै सम्पन्न भएको छैन । मुख्यतः बाँके र बर्दिया जिल्लाको जनताले सो सडकबाट आवतजावत गर्दछ । यही भदौ २५ गते सडक निर्माणको सम्झौता सकिँदैछ । तर काम भने करिब २० प्रतिशत मात्र भएको छ । सङ्घीय सरकारको लगानीमा बन्न लागेको नेपालगन्जको परसपुरदेखि गौघाटसम्म १४ किलोमिटर सडक कालोपत्र गर्नको लागि करिब रु १४ करोडमा निर्माण कम्पनीसंग सम्झौता गरिएको थियो । समयमा कालेपत्रको काम नहुँदा यहाँका स्थानीयले थप दुःख पाइरहेका छन् ।

नेपालगन्ज उप–महानगरपालिका सहित जानकी, खजुरा र बर्दिया बढैयाताल गाउँपालिकाका जनताले दैनिक प्रयोग गर्ने परसपुर–गौघाट सडक खण्ड हो । सडक डिभिजन कार्यालय नेपालगन्जका प्रवक्ता इन्जिनियर अमिर सुवेदीका अनुसार हाल उक्त योजनाको २० प्रतिसतमात्र काम सकिएको छ ।

सडकको केही भागमा नालाको काम र माटो पटानभन्दा अरू केही प्रगति भएको छैन । निर्माण कार्यको गतिलाई बढाउन ठेकेदार कम्पनीलाई पटक–पटक ताकेता गरेपनि सम्पर्कमै नआउने गरेको उनले बताए ।

उनले भने, ‘‘हामीले समयमै योजना सम्पन्न गर्नको लागि ठेकेदार कम्पनीलाई दबाब दिँदै आएका छौँ । कानुनी रूपमा कारबाहीको लागि प्रक्रिया पनि अगाडी बढाएका छौँ । तर प्रगति भने निराशाजनक छ ।’’

सम्झौता अनुसार निर्माण कम्पनीले २०७९ वैशाख देखि निर्माण सुरु गरेर २०८१ भदौ २५ सम्म योजना सम्पन्न गर्नुपर्ने सर्त रहेको छ । परसपुर–गौघाट सडक खण्ड निर्माण ढिलासुस्ती भएको भन्दै यहाँका स्थानीयले आन्दोलन समेत गरेका थिए । खजुराका जनताले स्थानीय जनप्रतिनिधि र सडक डिभिजन कार्यालयमा गएर सडक निर्माण कार्यलाई छिटो सम्पन्न गर्नु पर्ने दबाब दिँदै आएका छन् । २०७४ सालमा सडकको कालोपत्रे निकालेर पिच गर्ने योजना अगाडी सारिएको थियो । तर हाल सम्म पनि उक्त सडकको स्तर वृद्धि हुन सकेको छैन । यसका कारण स्थानीले समस्या भोग्दै आउनु परेको छ ।

खजुरा बजार क्षेत्रका ठेकेदार सडकलाई खण्डहर पारेर मुद्दामामिलामा

उता खजुरा नेपालगन्ज सडकको खजुृरा बजार क्षेत्रको १८ सय मटिर सडक पनि निर्माण कम्पनीले गुणस्तरहिन बनाउँदा सडक खण्डहर जस्तै बनेको छ । गुणस्तरहिन सडक बनाएको भन्दै सडक डिभिजनबाट कालो सूची सहित ठेक्का सम्झौता खारेज गरेकोमा ठेकेदार कम्पनी गजुरमुखी निर्माण सेवा उल्टो सडक डिभिजन बिरुद्ध मुद्धा दिएर सडकलाई अलपत्र पारेर बसेको छ ।

प्रकाशित मिति : १५ भदौ २०८१, शनिबार  १२ : ३२ बजे

नरैनापुर पर्यटन प्रवद्र्धनमा मिडियाको सहकार्य आवश्यक : पत्रकारहरूको प्रतिबद्धता

बाँके । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सञ्चार माध्यमको भूमिका

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु

बजार पहुँच नहुँदा किसानको दूध घरमै

भोजपुर । भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पु¥याउन

वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै

काठमाडौं । बाग्मतीको मुहानस्थल वाग्द्वारको शुद्ध जल पशुपतिनाथमा ल्याएर स्नान

त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह आज, १६ हजार विद्यार्थी दीक्षित हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह आज हुँदै