२२ माघ २०८२, बिहिबार | February 5, 2026

राजस्व चुहावट नियन्त्रणसम्बन्धी द्रुत गस्ती निरीक्षण टोली गठन



काठमाडौं । अर्थ मन्त्रालयले राजस्व चुहावट नियन्त्रणसम्बन्धी दुईवटा द्रुत गस्ती निरीक्षण टोली गठन गरेको छ । पहिलो टोली चितवनबाट पूर्व मेचीसम्म र दोस्रो टोली चितवनबाट पश्चिम महाकालीसम्मको क्षेत्रमा परिचालन हुनेछ ।

एउटा टोलीको नेतृत्व आन्तरिक राजस्व विभागका उप-महानिर्देशक र अर्को टोलीको नेतृत्व भन्सार विभागका उप-महानिर्देशकले गर्ने छन् ।

अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईका अनुसार टोलीले कानुन अनुसार कर अधिकृत र भन्सार अधिकृतलाई प्राप्त अधिकार प्रयोग गर्नेछ । यसैगरी आवश्यकता अनुसार चुहावट नियन्त्रण गर्ने निकायसँग समन्वय गर्ने, सहयोग लिने, आन्तरिक राजस्व कार्यालय र भन्सार कार्यालयको सहयोग लिनेछ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको एक सय दिनको कार्य योजनामा राजस्व चुहावट नियन्त्रणसम्बन्धी द्रुत गस्ती निरीक्षण टोली गठन गर्ने उल्लेख थियो ।

यसैगरी केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकले राजस्व चुहावट नियन्त्रणसम्बन्धी द्रुत गस्ती निरीक्षण टोली गठन गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १६ भदौ २०८१, आइतबार  ६ : ०३ बजे

मुक्तिनाथमा ‘स्की’ प्रतियागिता, आजदेखि प्रशिक्षण सुरु

मुस्ताङ । यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा सेताम्मे हिउँमा खेलिने स्की प्रतियोगिताको

‘खल्तीबाट उम्मेदवार छानिएको’ भन्दै रास्वपा प्रवास सल्लाहकार डा. कुँवरद्वारा पार्टी परित्याग

बुटवल । उम्मेदवारीका लागि प्राइमरी इलेक्सन शुल्क बुझाइसक्दा पनि सिधै

नेपालमा जलपक्षीको सङ्ख्या घट्दो

काठमाडौं । हरेक वर्ष अङ्ग्रेजी महिना जनवरीको पहिलो शनिबारदेखि १५

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी

लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेलन आयोजना