२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

एमाले पोलिटब्युरो बैठक आज पनि बस्दै



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा एमाले)को पोलिटब्युरो बैठक आज पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार शुरु भएको बैठकमा आज पोलिटब्युरो सदस्यहरुले आ-आफ्ना धारणा राख्नेछन् । प्रत्येक सदस्यहरूलाई बोल्न तीन मिनेट समय दिइएको छ ।

मंगलबार बसेको बैठकमा पार्टी महासचिव शंकर पोखरेलले पेस गरेको निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि वार्षिक कार्ययोजनामाथि आज सदस्यहरुले धारणा राख्नेछन् । कार्ययोजनामा सदस्यतादेखि संगठन विस्तारको खाका प्रस्तुत गरिएको छ ।

एमालेले संगठित सदस्यको संख्या १० लाख पु¥याउने लक्ष्य राखेको छ । त्यस्तै वार्षिक कार्ययोजनामा बाँकी रहेका जिल्ला अधिवेशन, पालिका र वडा तहका अधिवेशन सम्पन्न गर्ने उल्लेख गरिएको छ ।

एमालेको ११ वटा भूगोल र एउटा गैरभूगोलतर्फको जिल्ला अधिवेशन हुन बाँकी छ । हिजोको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले ०८४ सालमा हुने निर्वाचनमा एमालेले कसैसँग गठबन्धन नगर्ने बताए । उनले निर्वाचनमा एक्लै लडेपनि नतिजाका आधारमा सरकार बनाउन तालमेल भने गर्न सकिने उल्लेख गरे ।

प्रकाशित मिति : १९ भदौ २०८१, बुधबार  ८ : ३९ बजे

अध्यक्ष ओलीका पिताको अन्त्येष्टि

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सभापति लामिछानेद्वारा श्रद्धाञ्जलि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल कम्युनिष्ट

भीरबाट लडेर घाइते निर्वाचन प्रहरीको मृत्यु

दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर

पूर्वप्रधानमन्त्री ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेकपा (एमाले) का

वर्षासँगै घट्यो वायु प्रदूषण

काठमाडौं । केही दिनयता काठमाडौं उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण