५ श्रावण २०८३, मंगलबार | July 21, 2026

कोरोना संक्रमणका कारण पोखरामा फेरि अर्का एक वृद्धको मृत्यु



पोखरा । कोरोना भाइरसको संक्रमणका कारण पोखरामा मंगलबार बिहान फेरि अर्को एक जनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका वडा नं. १६ का ८७ वर्षीय वृद्धको मंगलबार बिहान पौने ११ बजे मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

डायबिटिज र मिर्गौलाका दीर्घ रोगी ती वृद्धलाई स्वास्थ्यमा समस्या आएपछि गत आइतबार अस्पताल भर्ना गरिएको थियो । उच्च ज्वरो र स्वाश्वप्रश्वासमा समस्या आएपछि उनलाई हिजो आईसीयूमा भर्ना गरिएको थियो ।

अस्पतालको इमरजेन्सीमा भर्ना गरिएका उनको स्वाव परीक्षण गर्दा सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई संक्रमण पुष्टि भएपछि उपचारमा संलग्न १३ जना चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई क्वारेन्टिनमा पठाइएको छ । इमरजेन्सी वार्ड बन्द गरिएको छ ।

अर्को अस्पतालबाट प्रतिष्ठानमा रेफर गरिएका उनलाई सीधै इमरजेन्सीमा राखेर उपचार गराउँदा ठूलो संख्यामा चिकित्सक स्वास्थ्यकर्मीलाई क्वारेन्टिन पठाउनु परेको छ । अस्पताल भर्ना हुन आएका बिरामीलाई कोरोना भएनभएको निक्र्यौल नगरी प्रिआइसोलेसनमा नराखेर अस्पतालमा लापरवाही भएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
यसअघि मंगलबार बिहानै कोरोना संक्रमणकै कारण तनहुँकी एक महिलाको मृत्यु भएको थियो ।
पोखरा महानगरापालिका लगायत कास्कीमा कोरोना संक्रमण बढ्दै गएपछि कास्की प्रशासनले मंगलबार राति १२ बजेदेखि भदौ ७ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको छ ।

प्रकाशित मिति : २ भदौ २०७७, मंगलबार  १ : २८ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं