१२ फाल्गुन २०८२, मंगलबार | February 24, 2026

प्रेमीले आगो लगाइदिएपछि युगाण्डाकी ओलम्पियन रेबेटाको मृत्यु



काठमाडौं । युगाण्डाकी ओलम्पिक खेलाडी रेबेटा चेप्टेगीको मृत्यु भएको छ । मिडिया रिपोर्टका अनुसार उनका प्रेमीले पेट्रोल खन्याएर आगो लगाइदिएपछि उनको मृत्यु भएको हो ।

३३ वर्षीय म्याराथन धावक हालै सम्पन्न पेरिस ओलम्पिक खेलकुदमा सहभागी भएकी थिइन् । आइतबारको आक्रमणमा उनी ७५ प्रतिशत जलेको र उपचारको क्रममा उनको मृत्यु भएको बताइएको छ ।

केन्यामा बस्ने रेबेटालाई चर्चबाट फर्किंदै गर्दा आक्रमण भएको थियो । रेबेका उत्तरपश्चिमी केन्यामा बसेर प्रशिक्षण लिइरहेकी थिइन् । स्थानीय प्रशासनले दर्ता गरेको मुद्दामा खेलाडी र उनका प्रेमीबीच जग्गा विवाद चलिरहेको आरोप लागेको छ । यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।

युगान्डा एथलेटिक्स फेडरेसनले लेखेको छ- ‘आज बिहान हाम्रा एथलिट मध्ये एक रेबेका चेप्टेगीको मृत्यु भएको घोषणा गर्नु अत्यन्तै दुःखको कुरा हो । उनी घरेलु हिंसाको सिकार भइन् । हामी त्यस्ता कार्यको भत्र्सना गर्दछौं र न्यायको माग गर्दछौं ।’

प्रकाशित मिति : २० भदौ २०८१, बिहिबार  ४ : ५६ बजे

बैतडीमा निर्वाचन प्रहरीको निधन

बैतडी । आसन्न निर्वाचन सुरक्षाका लागि भर्ना भएका थप एक

अमेरिकाको भर्जिनियामा एक नेपाली परिवारमा धारिलो हतियार प्रहार गरी श्रीमती र छोरीको हत्या

काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यअन्तर्गत फेयरफ्याक्स काउन्टीमा सोमबार बिहान एक

आजको मौसम : उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

आईसीसी टी-२० विश्वकप सुपर ८ मा वेस्ट इन्डिजको विशाल जित, जिम्बाब्वे १०७ रनले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकपको सुपर ८ चरणअन्तर्गत भएको खेलमा

निर्वाचन आउन ९ दिन बाँकी : आयोगले निर्वाचन आचारसंहिता स्मरण गरायो

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता