९ माघ २०८२, शुक्रबार | January 23, 2026

केन्याको विद्यालयमा आगलागी हुँदा १७ बालबालिकाको मृत्यु



नैरोबी । मध्य केन्याको एउटा विद्यालयको छात्रावासमा राति भएको आगलागीमा कम्तीमा १७ विद्यार्थीको मृत्यु भएको प्रहरीले शुक्रबार बताएको छ । प्रहरीका अनुसार न्येरी काउन्टीको हिलसाइड एन्डारासा एकेडेमीमा करिब मध्यरातमा आगलागी हुँदा बालबालिकाहरू सुतिरहेको एक शयनगृहमा आगोले समाएको थियो ।

“घटनामा १७ जनाको मृत्यु भयो र घाइते अन्यलाई अस्पताल पुर्याइएको छ”, राष्ट्रिय प्रहरीका प्रवक्ता रेसिला ओनयाङ्गोले भने । प्रहरीले पीडितहरूको उमेर खुलाएको छैन । उनका अनुसार घटनास्थलमा फेला परेका शव चिन्न नसकिने गरी जलेका छन् ।

धेरै जना घाइते भएको र तीमध्ये १६ जना गम्भीर रूपमा घाइते भएका छन् । उनीहरूलाई नजिकैको अस्पताल लगिएको छ । “घटनास्थल पूर्ण रूपमा प्रशोधन गरिएपछि थप शव फेला पर्ने सम्भावना छ”, उनले भने ।

आगो के कारणले लागेको हो भन्नेबारे थाहा नभएको तर अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २१ भदौ २०८१, शुक्रबार  १२ : ३० बजे

कालिका मानवज्ञान माविमा सरस्वती पूजाको अवसरमा ईसीडी कक्षामा अक्षरारम्भ

बुटवल । कालिका मानवज्ञान माध्यमिक विद्यालयमा सरस्वती पूजाको अवसर पारेर

अक्सफोर्ड माध्यमिक विद्यालयमा सरस्वती पूजा तथा पुरस्कार वितरण, व्यवहारिक शिक्षामा जोड दिन आग्रह

बुटवल । बुटवलको सुख्खानगरस्थित अक्सफोर्ड माध्यमिक विद्यालयले सरस्वती पूजा तथा

गगन थापाको प्रतिवद्धता – उम्मेदवारी चयन अर्को पटकदेखि सुधार गर्छौं

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले उम्मेदवार छनोट प्रक्रियामा

गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पार्टी सभापति